तनहुँ १ मा शान्तिपूर्ण रुपमा मतदान जारी

समाधान संवाददाता २०८० वैशाख १० गते ९:३८

तनहुँ ।

Advertisement

तनहुँ क्षेत्र नं १, चितवन क्षेत्र नं२ र बारा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत आज बिहानदेखि मतदान जारी छ ।

मतदान गर्न मतदाता सबेरैदेखि लामबद्ध छन् । शान्तिपूर्णरूपमा मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । मतदान साँझ ५ बजेसम्म रहनेछ । निर्वाचनका लागि सुरक्षा प्रबन्ध सदृढ बनाइएकाले ढुक्कसँग मतदानमा सहभागी हुन प्रमुख ढकालले आग्रह गरे । सो क्षेत्र अन्तर्गतका एक सय ५२ मतदान केन्द्र छन् ।

नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार गोविन्द भट्टराई ,एमालेका तर्फबाट उम्मेदवार सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डा स्वर्णिम वाग्ले उम्मेदवार रहेका छन् । नेकपा ९एमाले०का तर्फबाट उम्मेदवार सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार डा स्वर्णिम वाग्लेको जिल्लामा मतदाता नामावलीमा नाम नरहेको जनाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया