लोकदोहोरी प्रतिष्ठानमा शुभकामना

पोखरा ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिले नयाँ वर्ष २०८० को सन्दर्भमा शुभकामना आदानप्रदान तथा गण्डकीबाट प्रतिष्ठानको केन्द्रीय समितिमा निर्वाचित पदाधिकारी तथा केन्द्रीय सचिवालय तथा केन्द्रीय सदस्यलाई बधाई ज्ञापन गरेको छ ।
शनिबार भएको कार्यक्रममा प्रतिष्ठानले प्रकाशन गरेको २०८० सालको भित्तेपात्रो विमोचनसमेत गरिएको छ । पोखरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति पद्मराज ढकालले लोकगीत तथा लोकभाका संरक्षण गर्नका लागि प्रतिष्ठानसँग सहकार्य गर्ने बताए ।
‘कलाकारले लोकभाकाको संरक्षण गर्नुका साथ लोक साहित्यलाई जनमानससमक्ष पुर्याउने काम गरेका छन्,’ उनले भने, ‘लोक तथा दोहोरी क्षेत्रका विकृति तथा विसंगतिलाई रोक्न अभियान थाल्नु पर्छ ।’
अहिले लोक तथा दोहोरी गीत प्रतिष्ठान वाङ्मय क्षेत्रको सबभन्दा ठूलो संस्था बनेको उल्लेख गर्दै उनले पोखरा प्रज्ञा प्रतिष्ठानसँग सीमित बजेट भएता पनि नेपाली मौलिक लोक संस्कृतिको संरक्षणको लागि सहकार्य गर्ने प्रतिवद्धता गरे ।
कार्यक्रममा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका भूगोलतर्फका सचिव घनश्याम रिजालले हरेक जिल्ला कार्यसमितिलाई स्थानीय प्रशासनमा दर्ताको प्रक्रिया अगाडि बढाउने जानकारी दिए । उनले संस्थाको मर्यादा बढाउन र संस्थाप्रति मर्यादा बढाउनको लागि गतिविधि गर्न सुझाव दिए ।
कार्यक्रममा प्रतिष्ठान नेपाल गण्डकी प्रदेशका संरक्षक यमबहादुर गुरुङ, सल्लाहकार नेत्रपाणि बास्तोला, प्रतिष्ठान नेपाल गण्डकी अध्यक्ष राजन कार्की, प्रथम उपाध्यक्ष दिलु लामा, उपाध्यक्ष प्रेमराज अधिकारी, सचिव रामजी कार्की, प्रतिष्ठान नेपाल कास्की अध्यक्ष तुलसी क्षत्री, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान गण्डकी अध्यक्ष वसन्त बास्तोला लगायतले लोक संगीतबारे बोलेका थिए ।
कार्यक्रममा प्रतिष्ठान नेपाल गण्डकीका संरक्षक तथा सल्लाहकारलाई प्रशंसापत्र प्रदान गरिएको छ ।








राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
कास्कीमा एक महिनामा १८६ मुद्दा दर्ता, फरार प्रतिवादीबाट ३५ लाख बढी असुल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया