गण्डकीमा काे बन्छ मुख्यमन्त्री ? अझै अन्याैल

पाेखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासकाे मत गुमाएकाे १८ घण्टा भैसक्दा पनि नयाँ सरकार गठनका लागि आव्हान भएकाे छैन । प्रदेश प्रमुख पृथ्विमान गुरुङ पाेखरा बाहिर भएकाले नयाँ सरकार गठनकाे लागि आव्हान नभएकाे हाे ।
यद्यपी अधिकारी सरकारलाई विश्वासकाे मत नदिने दलका नेताहरु मतदान परिणाम आएपछि छलफलमा समेत जुटेका छैनन् । सरकार ढाल्न एक मत भएका कांग्रेस–एकिकृत माओवादीका सांसदहरुबीच कसकाे नेतृत्वमा सरकार गठन गर्ने भन्ने सहमति भएकाे छैन् ।
गण्डकीमा आलाेपालाे सरकारकाे नेतृत्व गर्ने अनाैपचारिक सहमति कांग्रेस र माओवादी बीच भसकेकाे बताइए पनि सरकाकाे पहिले सरकारकाे नेतृत्व कसले गर्ने भन्ने सहमति भैसकेकाे छैन । कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे र माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान दुवै जना पहिलाे पटक मै मुख्य मन्त्री बन्ने दाउमा छन् ।
पहिले काे मुख्यमन्त्री बन्ने भन्ने निर्देशन शिर्ष नेतृत्वबाटै आउनु पर्ने भएकाले पनि स्थानीय तहमा छलफलमा नसकेकाे कांग्रेसका एक सांसदले समाधानलाई बताए । उपचुनावकाे मतदान सकिएपछि मात्र शिर्ष नेतृत्व छलफलमा बस्नु हाेला, अनि बल्ल मुख्यमन्त्रीकाे टुंगाे लाग्छ– ती सांसदले भने ।
माओवादी संसदीय दलका नेता चुमान पनि मतदान गर्न तनहुँ गएका छन् । उनी पनि अपरान्ह मात्रै पाेखरा फर्कने कार्यक्रम छ ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया