गण्डकीमा काे बन्छ मुख्यमन्त्री ? अझै अन्याैल

समाधान संवाददाता २०८० वैशाख १० गते ११:३२

पाेखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासकाे मत गुमाएकाे १८ घण्टा भैसक्दा पनि नयाँ सरकार गठनका लागि आव्हान भएकाे छैन । प्रदेश प्रमुख पृथ्विमान गुरुङ पाेखरा बाहिर भएकाले नयाँ सरकार गठनकाे लागि आव्हान नभएकाे हाे ।

यद्यपी अधिकारी सरकारलाई विश्वासकाे मत नदिने दलका नेताहरु मतदान परिणाम आएपछि छलफलमा समेत जुटेका छैनन् । सरकार ढाल्न एक मत भएका कांग्रेस–एकिकृत माओवादीका सांसदहरुबीच कसकाे नेतृत्वमा सरकार गठन गर्ने भन्ने सहमति भएकाे छैन् ।

Advertisement

गण्डकीमा आलाेपालाे सरकारकाे नेतृत्व गर्ने अनाैपचारिक सहमति कांग्रेस र माओवादी बीच भसकेकाे बताइए पनि सरकाकाे पहिले सरकारकाे नेतृत्व कसले गर्ने भन्ने सहमति भैसकेकाे छैन । कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे र माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान दुवै जना पहिलाे पटक मै मुख्य मन्त्री बन्ने दाउमा छन् ।

पहिले काे मुख्यमन्त्री बन्ने भन्ने निर्देशन शिर्ष नेतृत्वबाटै आउनु पर्ने भएकाले पनि स्थानीय तहमा छलफलमा नसकेकाे कांग्रेसका एक सांसदले समाधानलाई बताए । उपचुनावकाे मतदान ‍सकिएपछि मात्र शिर्ष नेतृत्व छलफलमा बस्नु हाेला, अनि बल्ल मुख्यमन्त्रीकाे टुंगाे लाग्छ– ती सांसदले भने ।

Advertisement

माओवादी संसदीय दलका नेता चुमान पनि मतदान गर्न तनहुँ गएका छन् । उनी पनि अपरान्ह मात्रै पाेखरा फर्कने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया