पोखराका स्पन्दन साउथ एसिया टेनिसमा छनोट

समाधान संवाददाता २०८० वैशाख १० गते ११:०३

पोखरा ।
पोखराका स्पन्दन उदास साउथ एसिया रिजनल टेनिसका लागि छनोट भएका छन् । बिहीबार नेपाल टेनिस एसोसिएसनले आयोजना गरेको यु १२ ब्वाइज टेनिसबाट उनी उत्कृष्टताको आधारमा छानिएका हुन् ।

Advertisement

उनले अब आगामी जेठ २ देखि ६ गतेसम्म बंगलादेशको ढाकामा हुने आइटिएफ साउथ एसिया टिममा प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने छन् । उदाससँगै सो प्रतियोगितामा भाग लिन काठमाडौंका असम सम्राट हाडा र युभेनमान श्रेष्ठ पनि ढाका जाँदै छन् ।

पोखराको गण्डकी बोर्डिङमा कक्षा ७ मा अध्ययनरत उनी पोखरा महानगरपालिका वडा ३ का बासिन्दा हुन् ।

तपाईको प्रतिक्रिया