गण्डकीमा नयाँ सरकार गठनका लागि आज साँझ मात्र आव्हान हुने

पाेखरा ।
गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आज साँझ मात्र आव्हान हुने भएकाे छ । प्रदेश प्रमुख पृथ्विमान गुरुङ काठमाण्डाैंबाट फर्केपछि नयाँ सरकार गठनका लागि आव्हान हुने भएकाे हाे ।
प्रदेश प्रमुख निकटस्थ श्राेतका अनुसार प्रदेश प्रमुख आज अपरान्ह ३ बजेकाे जहाजमा पाेखरा फर्कदै छन् । उनी फर्केपछि मात्र सरकार गठनका लागि आव्हान हुनेछ ।
एमाले संसदीय दलका नेता खगराज अधिकारीले विश्वासकाे मत गुमाएपछि गण्डकीमा नयाँ सरकारकाे बाटाे खुलेकाे हाे । एकिकृत माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीकाे समर्नमा साँढे तीन महिना अघि मुख्यमन्त्री नियुक्त भएका अधिकारीलाई माओवादी एक महिनाअघि दिएकाे समर्थन फिर्ता लिएकाे हाे ।
सत्तामा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासकाे मत लिनु पर्ने संवैधानिक व्यवस्था अनुसार अधिकारीले शनिवार गण्डकी प्रदेश सभामा विश्वासकाे मत मागेका थिए । तर बहुमत सांसद अर्थात ६० सदस्यीय प्रदेश सभामा ३५ जनाले विपक्षमा मतदान गरेपछि अधिकारी सरकार ढलेकाे थियाे । अहिले उनी काम चलाउ मुख्यमन्त्री छन् ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया