९३ वर्षीय वृद्धले गरे मतदान
समाधान संवाददाता
२०८० वैशाख १० गते १३:१८

दमौली ।
तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि ९३ वर्षीय ज्येष्ठ नागरिक मोतीकुमार श्रेष्ठले मतदान गरेका छन् । व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालय मतदान केन्द्रमा उनले बिहान ८ बजे मतदान गरेका हुन् ।
शारीरिकरुपमा अशक्त रहेका श्रेष्ठले आफन्तको सहयोगमा मतदान गरेका हुन् । तनहुँ क्षेत्र नं १ अन्तर्गतका एक सय ५२ मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया