तनहुँ १ मा कांग्रेसका उम्मेदवार भट्टराईलाई २४ घन्टे स्पष्टीकरण

समाधान संवाददाता २०८० वैशाख १० गते १३:३०

पोखरा ।

Advertisement

निर्वाचन आचारसंहिता अनुगमन समितिले तनहुँ क्षेत्र नम्बर १ का सत्तागठबन्धनकोतर्फबाट नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईलाई स्पष्टीकरण सोधेको छ ।

प्रचारप्रसारको निषेध अवधिमा भ्वाइस मेसेजमार्फत भोट मागेको सूचना आएको भन्दै समितिले २४ घण्टे स्पष्टीकरण सोधेको हो । भट्टराईलाई २४ घन्टाभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा आफैं वा प्रतिनिधि मार्फत् उपस्थित भएर स्पष्टीकरण दिन समितिले भनेको छ ।

गत बिहीबार भट्टराईले आफ्नो मोबाइल नम्बरबाट भ्वाइस मेसेज पठाएर मत मागेको भन्ने सूचना पाएको थियो। उक्त सूचना पाएपछि समितिले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो।

‘आचारसंहिता प्रतिकूल हुने गरी मत माग्नु भएको हो होइन ?,’ भनेर मुख्य निर्वाचन अधिकृतको कार्यालय, तनहुँ, दमौलीमा आफैं वा प्रतिनिधि मार्फत उपस्थित भएर २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ।

Advertisement

तपाईको प्रतिक्रिया