‘मिसन ग्रासरुट’ सफल भएको एमालेको निष्कर्ष

समाधान संवाददाता २०८० वैशाख १० गते १६:२८

पोखरा ।
नेकपा (एमाले) पोखरा महानगर कमिटी कास्कीले ‘मिसन ग्रासरुट’(पार्टी सुदृढीकरण तथा संगठन विस्तार अभियान २०७९) उपलब्धिमूलक भएको निष्कर्ष निकालेको छ । अहिलका लागि अभियान समापन भए पनि पार्टी सदृढीकरण तथा संगठन विस्तारलाई निरन्तरता दिने निर्णय गरेको कमिटी अध्यक्ष दिलीप न्यौपानेले जानकारी दिए ।

Advertisement

कमिटीको दशौं पुर्ण बैठक तथा मिसन ग्रासरुट अभियानको समीक्षा कार्यक्रममा अध्यक्ष न्यौपानेले समग्र महानगरको गतिविधिले अभियानको औचित्यलाई पुष्टि गरेको दाबी गरे । उनले पोखरा महानगरको अभियान प्रभावकारी भएको उल्लेख गरे । पार्टीको संगठनलाई थप बलशाली बनाउन नेकपा (एमाले)ले २०७९ फागुन ५ गते देखि २ महिनासम्म अभियान चलाएको छ ।

पार्टीका केन्द्रीय सदस्य तथा पोखरा महानगरको लागि अभियानका केन्द्रीय प्रतिनिधि मायानाथ अधिकारीले स्थानीय स्तरमा भएका पार्टीका अन्तर विरोध सामान्यीकरण भएर पार्टी चलायमान भएको बताए । ‘महानगरका विभिन्न वडामा समस्या थिए ।

केही वडा कमिटी अध्यक्षले राजीनामा दिएका, केही अन्तरविरोध भएका कोही केही भएका, अहिले एक ढंगले सामान्यीकरण पाटी चलायमान हुने अवस्थामा पुगेको छ’ उनले भने, ‘सत प्रतिशत केही हुँदैन, अहिले विगतको अन्तरविरोध समान्यीकरण पार्टी चलायमान हुने अवस्थामा पुगेको मैले अनुभव गरेको छु ।’

उनले पोखरा महानगर कार्यक्षेत्र बनाएर क्रियाशील नेता तथा कार्यकर्ताको सक्रिय योगदान चासो दिएको कारण समस्या समाधान भएको बताए । पार्टीलाई व्यवस्थित रुपमा चलाउन विगतका कमी, कमजोरी छोड्न तयार भएको कारणले आन्तरिक समास्या हल भएको जानकारी दिँदै उनले विगतदेखिको समस्या समाधान हल गर्न हिम्मत साहस र विश्वासको कारणले महानगरको पाटीको समस्या हल भएको उल्लेख गरे ।

Advertisement

महानगरभन्दा माथिल्लो कमिटीका नेताले कार्यकर्ता तहमा आशा र विश्वास जगाउनुपर्नेमा निराशा जगाउने काम गरेकाले त्यसलाई रोकेको उनले दाबी गरे । पार्टीका पोखरा महानगर कमिटी अध्यक्ष न्यौपानेले भौगोलिक क्षेत्रफलका हिसाबले नेपालको सबभन्दा ठूलो तथा ३३ वडा भएको पोखरा महानगरका लागि अभियानको समय पर्याप्त नभएको निक्र्याेल गरिएको जानकारी दिए ।

युवा पुस्तालाई पार्टीमा आकर्षण गर्नका लागि कमिटीले योजनावद्ध ढंगले काम गरेको उल्लेख गर्दै उनले १८ देखि ३० वर्षसम्मका युवालाई पार्टीमा संगठित गर्नको लागि वडा तहमा नयाँ सदस्यता फारम वितरण गरेको बताए ।

महानगर कमिटी सचिव जीवन आचार्यले समग्रमा अभियान समग्र रुपमा सफल भएको दाबी गरे । पोखरा महानगरको हकका नेकपा (एमाले) विगतमा पनि पहिलो दल भएको जानकारी दिँदै उनले एमाले महानगरमा आजदेखि भोलिसम्म पनि पहिलो दल कायम रहने दाबी गरे । नेसागठनिक रुपले भएका गतिविधिले पार्टीलाई रक्तसञ्चार गरेको उल्लेख गर्दै उनले संगठित व्यवस्थित भएको बताए ।

पार्टी सदस्यता नवीकरण दर बढेको जानकारी दिँदै उनले ज्येष्ठ कम्युनिस्ट, पार्टीका सेल्टरदातालाई सम्मान, सहिद परिवार, जनआन्दोलनका घाइते अपांगता भएका व्यक्तिको समस्या बुझ्ने काम गरेको चर्चा गरे ।

कमिटीले हरेक वडा कमिटीलाई एक वडा, एक रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम गर्न परिपत्र गरे केही वडा कमिटीले मानव सेवा आश्रममा खाद्यान्य वितरण विद्यार्थीलाई स्टेसनरी समाग्री प्रदान रक्तदान गरेका छन् । समग्र पोखरा महानगरको विकास निर्माण, सार्वजनिक सरोकारको विषयमा छलफल गरेको जानकारी दिँदै उनले मिसन ग्रास रुट अभियानको क्रममा पार्टी अधारभूत तहमा पुगेको बताए ।

उनले अभियानले आगामी दिनमा समेत पार्टी जीवनलाई क्रियाशील र गतिशील बनाउन प्रेरित गरेको जानकारी दिए । कमिटी प्रणालीलाई व्यवस्थित, पार्टी विधि र पद्धति अनुसार चलेको खण्डमा महानगर कमिटीदेखि वडा तथा टोल कमिटीसम्म कुनै पनि समस्या नपर्ने निष्कर्ष सुनाउँदै सचिव आचार्यले अभियानले पार्टी कमिटी गठन तथा पुनर्गठनमात्र नभएर पार्टीको आन्तरिक एकता मजबुद भएको दाबी गरे ।

कार्यक्रममा जिल्ला कमिटी कास्कीका अध्यक्ष मनबहादुर गुरुङ र प्रदेश सचिवालय सदस्य पुण्यप्रसाद पौडेलले पार्टी सुदृढीकरण तथा संगठन विस्तारदेखि पार्टीलाई चलायमान बनाउन अभियानले सहयोग पुगेको बताए । अभियानको पोखरा महानगरमा केन्द्रीय प्रतिनिधि मायानाथ अधिकारीलाई पोखरा महानगर कमिटीले सम्मान गरेको छ । कार्यक्रममा महानगरका ३३ वडा कमिटीका अध्यक्षहरुले वडा स्तरमा भएका गतिविधिमाथि प्रकाश पारेका थिए ।

तपाईको प्रतिक्रिया