पोखरा १६ मा ४२ युनिट रगत संकलन

पोखरा ।
बाटुलेचौरमा शनिबार आयोजित कार्यक्रममा ४२ युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटी पोखरा १६ उपशाखाको आयोजना, वडा नम्बर १६ को सम्वन्य तथा विन्ध्यवासिनी क्याम्पसको व्यवस्थापनमा कार्यक्रम आयोजना भएको हो ।
पहिलो रक्तदाता उपशाखाका पूर्वअध्यक्ष वसन्त तिमिल्सिनालाई ब्लड व्याग हस्तान्तरण गरेर उद्घाटनपछि कार्यक्रममा पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले मानवीय सेवाका काममा स्थानीय सरकार सबैसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताए ।
कार्यक्रममा नेरेसो कास्की जिल्ला सदस्य सुवासबाबु अधिकारी, हिमालय क्लबका अध्यक्ष सुशील बस्नेत, हाम्रो कृषि सहकारिका अध्यक्ष विष्णु लामिछाने, विन्ध्यवासानी क्याम्पसका प्रमुख विजय शर्मा, नेरेसो जिल्ला शाखाका लेखा सदस्य तारा आचार्य, भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चका अध्यक्ष हरि बरूवाल लगायतले रक्तदानको महत्वका विषयमा बोलेका थिए । कार्यक्रम संयोजक तथा नेरेसो उपशाखा १६ का कोषाध्यक्ष विकास आचार्यले कार्यक्रमका विषयमा जानकारी दिएका थिए ।
रेडक्रस सोसाइटी उपशाखा १६ का सभापति तारा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव दीपक आचार्यले गरेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीले प्राविधिक सहयोग गरेको थियो ।
तपाईको प्रतिक्रिया