छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ समाज अध्यक्षमा प्राडा सरस्वती न्यौपाने शर्मा

समाधान संवाददाता २०८० वैशाख १० गते १८:१४

पोखरा ।

Advertisement


छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ समाज (सडभेलोन)को १७ औं वार्षिक सम्मेलन तथा साधारण सभाले प्राडा सरस्वती न्यौपाने शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

न्यौपाने गण्डकी मेडिकल कलेजमा छालारोग विभागीय प्रमुख छिन् ।


समितिको निर्वतमान अध्यक्ष प्राडा सविना भट्टराई, उपाध्यक्ष डा. मनीषा सिंह, सचिव डा. नीरज पराजुली, कोषाध्यक्ष डा. रमेश शर्मा छन् ।

सहसचिव डा. मोहन भुसाल र सदस्यहरुमा डा. सुवास बराल, डा. सूचना मरहट्टा, डा. अदिति मिश्र तथा डा. रवीन्द्र बास्कोटा । र, डा दीपतारा पाठक थापा प्रधान सम्पादक छिन् । सभा प्राडा. सृष्टि श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

Advertisement


काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले छाला रोग विशेषज्ञको महत्व औंल्याउँदै विश्वविद्यालयले योगिक विद्यालयको कक्षा सञ्चालन गर्ने योजना लिएको जानकारी दिए ।

स्विटजरल्यान्डबाट आएका पाहुना प्राडा गुन्टुर बर्गले आफू धेरै वर्षदेखि यो समाजसँग नजिक रहेको जानकारी दिए । समाजकाे क्रमश उन्नति हुँदै गरेको आफू साक्षी रहेको उनकाे भनाइ थियो ।


नवनिर्वाचित अध्यक्ष प्राडा शर्माले शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने, अनुसन्धानलाई प्राथमिकता दिने र सम्पूर्ण कार्यक्रम सञ्चालन गर्दा विकेन्द्रीकरणको नीति लिने प्रतिबद्धता व्यक्त गरिन् । समाजको चौतर्फी विकासका लागि लगनशील भएर लागिपर्ने उनको अर्काे प्रतिबद्धता थियो ।

तपाईको प्रतिक्रिया