१ दिनमै प्रदेश अधिवेशन अन्त्य
पोखरा ।
गण्डकी प्रदेश सभाको अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शनिबार मध्यरातदेखि लागु हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।
नेपालको संविधानको धारा १८३ (२) बमोजिम उनले सरकारको सिफारिसमा अधिवेशन अन्त्य गरेका हुन् । यसपालिको प्रदेश सभा अधिवेशन केवल १ दिनमात्रै चलेर अन्त्य भएको छ । संसदीय परम्परामा १ दिनमात्रै संसद अधिवेशन चलेको इतिहास दुर्लभ हो ।
अधिवेशन अन्त्य भएको जानकारी भने प्रदेश प्रमुख कार्यालयले आइतबार साँझमात्र सार्वजनिक गरेको थियो । वैशाख ९ गते शनिबार मुख्मन्त्री खगराज अधिकारी संसदबाट विश्वासको मत पाउन नसकेपछि पदमुक्त भएका थिए ।
अधिकारीले विश्वासको मत लिनकै लागि ९ वैशाखका लागि प्रदेश सभाको अधिवेशन आह्वानका लागि मन्त्रिपरिषदमार्फत प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए । यसअघि माओवादी केन्द्र नेतृत्वको संघीय सरकारबाट एमाले बाहिरिएपछि मुख्यमन्त्री अधिकारीले त्यतिखेर चालु प्रदेश सभा अधिवेशन हठात अन्त्य गरेका थिए ।








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया