जुनियर बेल्ट अपग्रेड
समाधान संवाददाता
२०८० वैशाख ११ गते ११:०४
पोखरा ।
नेपाल सितोरियो काराँते संघ कास्कीको आयोजनामा जुनियर बेल्ट अपग्रेड भएको छ । शनिबार पोखरा रंगशालास्थित कभर्ड हलमा आयोजित कार्यक्रममा कास्कीका १७ डोजोबाट ३ सय २७ जना खेलाडीले बेल्ट अपग्रेड गरे ।
सितोरियो कराँते कास्कीका अध्यक्ष धन लामाले पछिल्लो समय कराँते खेलप्रति आकर्षण बढिरहेको बताए । प्रतियोगितामा मात्रै नभई स्वास्थ्यका लागि पनि महत्वपूर्ण भएकाले विशेषतः कराँतेको क्रेज बढ्दै गएको उनको भनाइ छ । बेल्ट अपग्रेड भएका खेलाडीलाई उनले थप उत्साहका साथ अघि बढ्न सुझाए ।
कार्यक्रममा संघका उपाध्यक्ष कृष्ण लामा र सचिव रामचन्द्र गिरी (आरसी)ले पनि बोलेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया