लायन्स पोखरा गण्डकीमा रुद्र

पोखरा ।
लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशको वर्ष २०२३/२०२४ अध्यक्षमा रूद्रबहादुर श्रीस निर्वाचित भएका छन् । क्लबको शनिबार भएको अधिवेशनबाट प्रथम उपाध्यक्षमा सन्तु सुवेदी, द्वितीय उपाध्यक्ष सुशीला रामदाम र तृतीय उपाध्यक्ष लायन विनिता सुवेदी चुनिए । क्लबका सचिव, कोषाध्यक्ष लगायतका अन्य पदाधिकारी भने चाडै चयन गरिने २०२२/०२३ की अध्यक्ष उषा थापाले जानकारी दिइन् ।
कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एम नेपालका रिपोर्टिङ चिफ कुलचन्द्र शर्माले नेतृत्व विकास र सामाजिक सेवाका लागि लायनवाद राम्रो माध्यम बनेको जनाए । स्थापनाको छोटो समयमा नै लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशले डिष्ट्रिक्टमा राम्रो छाप पार्न सफल भएको उनको भनाइ छ ।
डिष्ट्रिक्ट ३२५ एम नेपाल, रिजन ९ जोन १९ की जोन चेयरपर्सन एवं क्लबकी संस्थापक अध्यक्ष कोपिला श्रीसले क्लबका सबै सदस्यको साथ र सहयोगले नै क्लबलाई नयाँ उचाइसम्म ल्याइपु¥याउन सकिएको उल्लेख गरिन् ।
क्लबका निवर्तमान अध्यक्ष कुश्मराज सुवेदीले सहरभन्दा पनि ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । क्लबका निर्देशक सुरेन्द्र थापाले आफूले क्लबको विकासका लागि सधैं सहयोग गर्न तत्पर रहेको बताए ।








राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
कास्कीमा एक महिनामा १८६ मुद्दा दर्ता, फरार प्रतिवादीबाट ३५ लाख बढी असुल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया