२९ युनिट रगत संकल
समाधान संवाददाता
२०८० वैशाख ११ गते १२:२३

लेखनाथ ।
लेखनाथ नेवाः खल कास्कीले नयाँ वर्षको अवसरमा आयोजना गरेको रक्तदानमा २९ युनिट रगत जम्मा भएको छ । जातीय एकता र सद्भाव कायम गर्ने योजना मुताबिक शिशुवा भएको रक्तदानमा २९ जनाले रगत दिएका हुन् ।
४७ औं पटक रत्तदान गरेका रमेशकुमार श्रेष्ठलाई ब्लड ब्याग हस्तान्तरण गरी पोखरा ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले रक्तदान सुरुआत गरे ।
लेखनाथ नेवाः खल अध्यक्ष भैरवलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओझा, संघका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी द्वितीय उपाध्यक्ष गोपीचन्द्र बास्तोला, शिशुवा बजार व्यवस्थापन समिति अध्यक्ष शिव अधिकारी र वडा नं ३० का वडा सदस्य विनोदप्रसाद लामिछाने, कार्यक्रम संयोजक प्रकाशलाल श्रेष्ठ, संस्थाका सचिव बालगोपाल श्रेष्ठ लगायतले बोलेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया