बारामा मतगणना सुरु
समाधान संवाददाता
२०८० वैशाख ११ गते १३:११

बारा २ को मतगणना सुरु भएको छ । करैयामाई गाउँपालिका र सुर्वण गाउँपालिकाबाट मत गणना थालिएको हो । मतगणना कलैयास्थित शिक्षा तालिम केन्द्रमा सुरु भएको छ । दुई पालिकाका ६, ६ वटा मतपेटिका खोलिएको छ ।
यसअघि मत गणनास्थलमा बस्ने उम्मेदवारका प्रतिनिधि समयमा नआउँदा मत गणनामा ढिला भएको थियो ।
आइतबार भएको उपनिर्वाचनमा बारामा करिब ६३ प्रतिशत मत खसेको छ यस क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहाबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया