प्रदेशस्तरीय राष्ट्रपति कप आजबाट

समाधान संवाददाता २०८० वैशाख ११ गते १३:१३

पोखरा ।
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कपको तयारी सकिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा वैशाख ११ र १२ गते हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको हो ।

Advertisement

सोमबार पोखरा रंगशालामा गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले प्रतियोगिता उद्घाटन गर्ने तय छ । प्रतियोगिता सञ्चालनका लागि सम्बन्धित खेल संघहरुलाई जिम्मेवारी दिइएको परिषदका सदस्य सचिव घनश्याम पौडेलले जानकारी दिए ।

सुरक्षाका लागि नेपाल प्रहरी गण्डकी प्रदेश, मेडिकलका लागि नेपाली सेना पश्चिम पृतना तथा मार्चपास व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीलाई जिम्मेवारी दिइएको छ ।

प्रतियोगितामा सहभागिताका लागि ११ जिल्लाका विभिन्न ६ खेलका ७ ससय २० खेलाडी पोखरा आइपुगेको प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीले बताए । विद्यालयस्तरीय छात्र/छात्रा राष्ट्रपति कपमा मार्सल आर्टतर्फ उशु, तेक्वान्दो र कराँते, टिम गेमतर्फ एथलेटिक्स, भलिबल र कब्बडीका खेल हुनेछन् ।

२ दिनसम्म सञ्चालन हुने प्रतियोगिताबाट खेलाडी छनोट गरी वैशाख १५ र १६ गते काठमाडाैंमा हुने १३ औं राष्ट्रिय राष्ट्रपति कपमा सहभागिता जनाउने परिषदले जनाएको छ । छनोट भएका खेलाडीलाई एक दिने बन्द प्रशिक्षणमा राखिनेछ । प्रदेशको टिम १४ गते काठमाडौं जाने परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया