लुम्बिनीका मुख्यमन्त्री लिला गिरी पदमुक्त

समाधान संवाददाता २०८० वैशाख ११ गते १३:२८

पोखरा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् । प्रदेश सभाको सोमवार बिहान ११ बजे बसेको बैठकमा एमालेका मुख्यमन्त्री गिरीले मागेको विश्वासको प्रस्तावको पक्षमा ३३ मतमात्र खस्यो ।

उनको पद कायम रहन ८७ सदस्यीय प्रदेशसभामा ४४ सांसदको समर्थन आवश्यक थियो । तर, उनले एमालेका २९ र राप्रपाका ४ प्रदेशसभा सदस्यको मतमात्र पाए ।

Advertisement

तपाईको प्रतिक्रिया