बारा २ मा उपेन्द्र यादवलाई प्रारम्भिक अग्रता
समाधान संवाददाता
२०८० वैशाख ११ गते १५:०५

कलैया ।
बारा क्षेत्र नम्बर २ को मतगणना सुरु भई प्रारम्भिक मतगणना नतिजा आएको छ ।
मतगणनाको प्रारम्भिक नतिजाले यहाँ सत्ता गठबन्धनका उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवले अग्रता बनाएका छन्।
करैयामाई गाउँपालिका वडा न १ हरैया हेल्थपोष्टमा मतदान केन्द्रको मतगणना चलिरहेको छ। उपेन्द्र यादवले अहिलेसम्म ५ १३ ल्याएका छन् ।
त्यस्तै जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ४८५ मत पाएका छन् भने नेकपा एमाले उम्मेदवार पुरुषोत्तम पौडेल ४२० मत ल्याएका छन्।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले ८० मत ल्याएका छन्।
सम्बन्धित
तपाईको प्रतिक्रिया