चितवन २ मा रविभन्दा एमालेका रामप्रसाद थोरै मतले अघि

समाधान संवाददाता २०८० वैशाख ११ गते १५:१५

नारायणगढ ।

Advertisement

इच्छाकामना गाउँपालिकाको मतगणनामा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले रास्वपाका रवि लामिछानेमाथि झिनो अग्रता कायम गरेका छन् ।

प्राप्त परिणाम अनुसार न्योपानेले ३६७ मत ल्याउँदा अग्रता बनाएका हुन् । दोस्रो स्थानमा रास्वपाका लामिछानेको ३१९ मत छ । कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले २४४ भोट ल्याएर तेस्रो स्थानमा छन् ।

हाल इच्छाकामनाको हात्तीवङ र भार्लाङकाे मतगणना भइरहेकाे छ । इच्छाकामना वडा नम्बर १ को हात्तीवाङ र भाराङ बुथको ९७१ गणना गर्दाको यो रुझान् हो । यो वडामा मंसिरमा भएको चुनावमा पनि एमालेले सबैभन्दा बढी मत ल्याएको थियो भने रास्वपाका लामिछाने तेस्रो स्थानमा थिए। यसअघिकाे संसदीय निर्वाचनमा इच्छाकामना गाउँपालिकामा एमालेले सबैभन्दा बढी भाेट ल्याएकाे थियाे ।

Advertisement

तपाईको प्रतिक्रिया