चितवन २ मा रवि लामिछानेको अग्रता

समाधान संवाददाता २०८० वैशाख ११ गते १५:३९

नारायणगढ ।

Advertisement

चितवन-२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्।

इच्छाकामना गाउँपालिकाका १ र ३ वडाको २४८४ मत गणना हुँदा लामिछानेले ११५५ मत पाएका छन्। उनलाई नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६५५ मत ल्याएर पछ्याइरहेका छन्।

इच्छाकामना वडा नं १ को मात्र मत गणना हुँदा एमालेले अग्रता लिए पनि वडा नं ३ को गणना भएपछि रवि लामिछानेले अग्रता लिएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया