धौलागिरिको जापानीज बेस क्याम्पमा भेटियो बेपत्ता भरियाको शव

जोमसोम— धौलागिरी आधार शिविरमा गत शुक्रबारदेखि बेपत्ता पर्यटक ट्रेकिङ भरियाको शव ५ दिनपछि फेला परेको छ । धौलागिरी बेसक्यापको स्वीस क्याम्प माथि झन्डै ५ हजार मिटर उचाईको जापानीज बेसक्याम्प नजिक ट्रेकिङ भरियाको शव भेटिएको हो ।
सेभेन समिट ट्रेक मार्फत विदेशी पर्यटकको ट्रेकिङ कम्पनीको भारी धौलागिरी बेस क्याम्प पू¥याएर फर्किने क्रममा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं.१ नुथला निवासी २० वर्षीय अम्रित राई हिमपहिरोमा परी बेपत्ता भएका थिए । भरिया टोली सदस्यमा बेपत्ता धिरज राई र अर्जुन राई दोश्रोदिन शुक्रबारनै सेभेन समिट ट्रेकिङ कम्पनीको सम्पर्कमा आएका थिए ।
धौलागिरी बेसक्याम्प क्षेत्रमा बेपत्ता राईको सोमबार एभरेष्ट एअरको हेली मार्फत खोजतलास गरिएको थियो । खोजी कार्यमा म्याग्दीका पर्यटन व्यवसायी ईन्द्रसिंह शेरचन र बेपत्ता भई सम्पर्कमा आएका धिरज राई र अर्जुन राई खटिएका थिए । उनीहरुले ५ दिनदेखि बेपत्ता अम्रित राईको शव जापानीज बेस क्याम्पमा देखेका थिए ।
तर, मौसम प्रतिकुलताका कारण भेटिएको शव उठाउन समस्या परेपछि मंगलबार बिहान एभरेष्ट एअरको हेली मार्फत शवको उद्दार गरिएको पर्यटनकर्मी शेरचनले जानकारी दिए । शेरचनका अनुसार जापानीज बेसक्याम्पबाट हेलीमा शव राखेर म्याग्दीको धौलागिरी गाउँपालिका—७ ताकममा ल्याएर त्यहाँबाट पोर्सपार्टमका लागि बेनी लगिएको जानकारी दिए ।
उनले बेपत्ता मृत शवको जिल्ला प्रहरी कार्यालय म्याग्दीको रोहबरमा कानुनी प्रक्रिया पुरा गरी काठमान्डौं लैजाने तयारी भईरहेको बताए ।
यसअघि म्याग्दीको धारापानीबाट ट्रेकिङको भारी लिएर भरिया टोली धौलागिरी बेसक्याम्पमा पुगेका थिए । फर्किदा प्रतिकुल मौसम र हिमपातका कारण उनीहरु बेपत्ता भएका थिए ।








खौलालाँकुरी पोखरा सम्पर्क समाजको नेतृत्वमा लालप्रसाद शर्मा
विधान महाधिवेशनको निर्णय उल्टियो : एमालेमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढ्यो, ईश्वर पोखरेलको असन्तुष्टि
ग्रासरुट टेनिसलाई सिद्धार्थ बैंकको सहयोग
रोटरी क्लब लेखनाथद्वारा विद्यालयलाई शुद्ध खानेपानी उपकरण सहयोग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया