सांसद ढाका कुमार श्रेष्ठको पद रिक्त
समाधान संवाददाता
२०८० वैशाख १२ गते १६:०६

पोखरा ।
रास्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठको पद रिक्त भएको छ । सभामुख देवराज घिमिरेले उनको सांसद पद रिक्त भएको जानकारी प्रतिनिधिसभाको बैठकमा श्रेष्ठको पद रिक्त भएको जानकारी दिएका हुन् ।
एक व्यापारीसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेको थियो । कुनै पनि दलबाट निर्वाचित सदस्यलाई उक्त पार्टीले निष्कासन गरेपछि सांसदको पद रिक्त हुने व्यवस्था राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४ मा उल्लेख छ । सोही नियम अनुसार श्रेष्ठको पद रिक्त भएको सभामुख घिमिरेले बताए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया