छाला, यौन तथा कुष्टरोग विशेषज्ञ समाजमा डा सरस्वती

पोखरा ।
छाला यौन तथा कुष्ठरोग विशेषज्ञ समाजको १७ औं सम्मेलन तथा वार्षीक साधरण सभा सोमबार भएको छ । सभाले प्राडा सरस्वती न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नवनिर्वाचित अध्यक्ष न्यौपाने , गण्डकी मेडिकल कलेज पोखरामा कार्यरत छन् ।
समितिको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र संयुक्त सचिवमा क्रमश डा मनिषा सिंह, डा निरज पराजुली, डा रमेश शर्मा र डा मोहन भुषाल निर्वाचित भएका छन् ।
सदस्यमा डा सुवास बराल, डा सुचना मरहठ्ठा, डा अदिति मिश्र र डा रविन्द्र बास्कोटा निर्वाचित भएका छन् ।
काठमाण्डौ विश्वविद्यालयका उपकुलपति डा भोला थापाले समग्र विकासका लागि छाला रोग विशेषज्ञको महत्व औंल्याउदै काठमाण्डौ विश्वविद्यालयले यौगिक विद्यालयको कक्षा संचालन गर्ने योजना बनाएको बताए । सोहि विश्वविद्यालयकै प्राडा गुन्टुर पनि बोलेका थिए ।
अध्यक्ष प्राडा न्यौपानेले आफ्नो कार्याकालमा समाजको चौतर्फी विकासका लागि लगनशिल भएर लागिपर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले आफ्नो कार्यकालमा शैक्षिक क्रियाकलाप अन्र्तगत अनुसन्धानलाइ प्राथमिकता दिने, छाला रोग विशेषज्ञहरुको सिप विकासको लागि निरन्तर गोष्ठिहरु गर्ने र कार्यक्रम कार्यन्वयनमा विकेन्द्रिकरणको निति अनुशरण गर्ने बताइन् ।
तपाईको प्रतिक्रिया