गण्डकीका निवर्तमान मुख्यमन्त्री अधिकारीले सार्वजनिक गरे निर्वाचन खर्च विवरण
समाधान संवाददाता
२०८० वैशाख १२ गते १७:५९

पोखरा ।
गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले मंसिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा खर्च गरेको विवरण सार्वजनिक गरेका छन् ।
निर्वाचन आयोगलाई बुझाएको खर्च विवरण सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै उनले १६ लाख ७१ हजार ५४६ रुपैयाँ खर्च भएको उल्लेख गरेका हुन् ।
अधिकारी कास्की क्षेत्र नं. १(१) मा नेकपा (एमाले)बाट प्रदेश सभामा निर्वाचित भएका थिए ।

सम्बन्धित
तपाईको प्रतिक्रिया