
ढोरपाटन ।
गलकोट क्षेत्रमा बढ्दो चोरीका घटना न्यूनिकरणका लागि सिसिटिभी क्यामरा जडान गरिएको छ । वैदेशिक रोजगारी तथा बसाइँसराइँका कारण गाउँ खाली हुँदै गएपछि बन्द रहेका घरमा चोरीका घटना बढ्न थालेपछि सिसिटिभी क्यामरा जडान गरिएको हो ।
गाउँका घरमा बुढाबुढी मात्रै भएको र ताला लगाएका घरमा पनि चोरी हुन थालेपछि गलकोट नगरपालिकाले त्यस्ता घटना न्यूनिकरणका लागि सिसिटिभी क्यामरा जडान गरेको हो । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गबीच भागमा पर्ने गलकोट क्षेत्र पछिल्लो समय तीव्ररूपमा सहरीकरण भइरहेको छ ।
सहरीकरणसँगै आपाराधिक घटना बढ्दै गएपछि नगरपालिकाले हटियाबजार नरेठाँटी, मल्म, हरिचौर बजार, भ्यूटावर,लगायतका गलकोटको मुख्य बजार क्षेत्र र नाकामा २० वटा सिसिटिभी क्यामेरा जडान गरेको छ ।
सिसिटिभी क्यामेरा जडानपछि आपाराधिक क्रियाकलाप न्यूनिकरण हुनेमा नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले विश्वास व्यक्त गरे । नगरपालिकाले यसका लागि चालु आर्थिक वर्षमा १० लाख बजेट बिनियोजन गरेको थियो । सिसिटिभी क्यामरा ‘कन्ट्रोल रुम’ इलाका प्रहरी कार्यालय हरिचौरमा राखिनेछ ।
‘अहिले लोकमार्ग छेउछाउका क्षेत्रमा धमाधम घर भवन बनिरहेका छन्, सँगसँगै बढ्दो बजारीकरणका कारण यहाँ धेरै घटना पनि हुने गरेका छन्’, उनले भने, ‘त्यस्ता घटना नियन्त्रण गर्न हामीहरूले बजार क्षेत्रमा र सम्भावित घटना हुने ठाउँमा सिसिटिभी क्यामरा जडान गरेका हौँ । आवश्यता अनुसार अन्य क्षेत्रमा पनि विस्तारै जडान गरिनेछ ।’
नगर प्रमुख भरत शर्मा गैरेले बजारलाई व्यवस्थित गर्न सिसी क्यामराले ठूलो टेवा पुर्याउनेमा विश्वास व्यक्त गरे । समय–समयमा बजार क्षेत्रमा गलत क्रियाकलाप हुने र नगरपालिकाले बनाएका नीति नियमलाई पालन नगरेको पाइएकोमा अब सिसिटिभी क्यामरामार्फत निगरानी गर्ने उनको भनाइ छ । यसले जथाभावी फोहर फाल्ने, तोडफोड हुने घटना पनि अब न्यूनिकरण हुने प्रमुख गैरेले बताए ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।







सरकारले थाल्यो आफ्नै लाइसेन्स छपाइ: २८ लाख कार्ड छाप्ने चुनौती
बागलुङमा पिकअप दुर्घटना: एकको मृत्यु, चार घाइते
फागुन १२ भित्र मतपत्र जिल्ला पुर्याइने, प्रवासी मतदान कानुनको पर्खाइमा
पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया