सम्पादकीय: मतदाताको रोजाईमा नयाँ दल

प्रतिनिधि सभा सदस्यको लागि तीन वटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको छ । तीन मध्ये दुई स्थानमा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेद्वारले जितेका छन् । देशको सबैभन्दा ठूला र आम मतदाताले विगतमा रुचाएका पार्टीहरुले पराजय व्यहोरोका छन् । वैकल्पिक भनिएका नयाँ तथा क्षेत्रीय पार्टीले रोमाञ्चक जित निकालेका छन् । ठुला तथा साना झण्डै एक दर्जन दलहरू मिलेर बनेको गठबन्धनलाई आम मतदाताले अनुमोदन गरेनन् ।
निर्वाचन एउटा विशुद्ध प्राविधिक पक्ष हो, जीत–हार, स्वभाविक प्रक्रिया हो । चुनावी परिणाम–मतदाताको रोजाई विषय हो ।
एकभन्दा धेरै व्यक्ति प्रतिस्पर्धामा उत्रिन्छन् । कसैले जित्ने र अरू धेरैले हारलाई व्यहोर्नुपर्ने अवस्था स्वाभाविक हुन्छ ।
लोकतन्त्रको उच्चतम अभ्यासमा सहभागी भई जीतहारको प्रक्रियालाई स्वभाविक रूपमा लिनु पर्छ । यद्यपि यी आम स्वाभाविक कोर्षबाट बाहिर जाँदै उपनिर्वाचनमार्फत मतदाताले सघन विद्रोहभाव पनि दर्शाएका छन् ।
राजनीति सत्तामुखी होइन, परिवर्तनमुखी बन्नुपर्छ । त्यस्तो हुन नसके नागरिकको निराशा पैदा हुन्छ । अहिले पनि मतदातामा वहुदलीय प्रणालीप्रति समर्थन छ । राम्रा उम्मेद्वार भएको खण्डमा मतदाताले समर्थन गर्ने वा विजयी गराउँछन् । पटक/पटक निर्वाचित भएर अपेक्षित कार्यसम्पादन गर्न नसक्दा फेरी निर्वाचन जितिंदैन । बारम्बार परीक्षित, असफल भएका अनुहारलाई अगाडी सारेर सकारात्मक परिणाम हासिल गर्न सकिन्न । यस पटकको निर्वाचनमा मतदाताले दलहरू नबदलेपनि मत बदलेको स्पष्ट देखिएको छ ।
एकाइसाैं शताब्दी जनआधारित राजनीतिको समय हो । राजनीतिक बहाब निर्माणमा संचारको प्रभाव अधिक रहन्छ । खाली एकोहोरो रटान र आत्मरति भजाएर मात्र हुँदैन । पुराना दलहरूलाई उपनिर्वाचनको नतिजाले गतिलो सन्देश छाडेको छ ।
विज्ञता आर्कषण चाहिँ अबको राजनीतिक आचरण र अभ्यास बन्नुपर्छ । अहिलेको राजनीति क्रान्तिकारी होइन सुधारात्मक अभ्यास र प्रयोगबाट मात्र सही बाटोमा हिंड्छ । नागरिक सेवामा दत्तचित्त रहँदै नागरिक पहिलो प्राथमिकताको अवधारणालाई अवलम्बन गर्नेहरू मात्र अनुमोदित हुने राजनीतिक चरित्र निर्माण हुँदैछ ।
निर्वाचनमा टिकट दलले दिने हो, तर मत मतदाताबाट लिनुपर्छ । अब दलले आपूmलाई बचाइराख्ने हो भने, मतदाताको आकांक्षा र रोजाइमा राम्रा, योग्य, सम्भावना बोकेका र कार्यसम्पादन गर्नसक्ने व्यक्ति उम्मेद्वार बनाउनु पर्छ । सक्रिय राजनीतिमा सक्षम र युवा पुस्तालाई अगाडि सार्नुपर्छ ।
तुलनात्मक रुपमा रास्वपा राम्रो भएर पनि होइन, एजेन्डा र सिद्वान्तले पनि होइन नागरिक विद्रोह र विशेष गरी शहरकेन्द्रीत विद्रोहबाट नयाँ दलले फाइदा लिएका छन् । नयाँ दलले जनताको पक्षमा के कति काम गर्छन्, परीक्षणकै चरण रहेतापनि तुलनात्मक रूपमा सचेत समूहले विद्रोहको बिगुल बजाएको मान्न सकिन्छ ।
ठूला दलका नेता तथा कार्यकर्ताको संगठनात्मक अराजकता तथा सिद्धान्तमा आएको विचलनको कारण अहिलेको चुनावी नतिजा त्यस्तो आएको हो । पुराना दलहरूलाई उपनिर्वाचनको नतिजाले गतिलो सन्देश छाडेको छ । कार्यकर्तालाई समय सापेक्ष रुपमा नीति विचारले प्रशिक्षित गर । संगठनात्मक अराजकतालाई नियन्त्रण गर ।









फेवा किनारमा १३ गतेबाट महोत्सव
महत्वाकांक्षी योजना, फितलो कार्यान्वयन
सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया