गण्डकीमा ‘मिसन ग्रासरुट’को समीक्षा

समाधान संवाददाता २०८० वैशाख १३ गते १२:२३

पोखरा ।
नेकपा (एमाले)को ‘मिसन ग्रासरुट’ (पार्टी सुदृढीकरण तथा विस्तार अभियान २०७९) को गण्डकी प्रदेश स्तरीय समीक्षा बैठक मंगलबारदेखि सुरु भएको छ । समीक्षा बैठकमा गण्डकी प्रदेशका जिल्ला कमिटीका ७ जना अध्यक्षले जिल्लाको प्रतिवेन पेश गरेको पार्टीको गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले जानकारी दिए ।

Advertisement

अभियान अन्तर्गत पालिकामा खटिएको केन्द्रीय प्रतिनिधिले अध्यक्षहरुको प्रतिवेदनउपर थप राय प्रकट गरेका छन् । गण्डकी प्रदेशमा अनुगमनको जिम्मेवारी पाएका पार्टीका केन्द्रीय कमिटी उपाध्यक्ष युवराज ज्ञवालीले समीक्षा बैठक उद्घाटन गरे ।

मंगलबारको बैठकमा नेकपा (एमाले) जिल्ला कमिटी कास्कीका अध्यक्ष मनबहादुर गुरुङ, गोरखाका अध्यक्ष प्रेम गुरुङ, बागलुङका अध्यक्ष हिराबहादुर केसी, म्याग्दीका अध्यक्ष देवेन्द्र केसी, पर्वतका अध्यक्ष राजु पौडेल, स्याङ्जा अध्यक्ष सूर्यप्रसाद गैरे (पारश) र तनहुँ अध्यक्ष श्रीप्रसाद श्रेष्ठले प्रतिवेदन पेश गरेका छन् ।

Advertisement

समीक्षा बैठक अन्तर्गत बुधबार लमजुङ, नवलपुर, मुस्ताङ र मनाङका अध्यक्षले प्रतिवेदन पेश गर्ने कार्यक्रम छ । बैठकमा पार्टीमा महासचिव शंकर पोखरेल, केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल, स्थायी समितिका सदस्य तथा संगठन विभागका प्रमुख खगराज अधिकारी, प्रदेशका जिल्ला अध्यक्ष, अभियानका क्रममा पालिकामा खटिएको केन्द्रीय प्रतिनिधिहरुले भाग लिएका छन् ।

गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा कार्यक्रम भएको छ । पार्टीले ग्रासरुट अभियानका लागि संयोजनको लागि फिल्ड कमाण्डर केन्द्रीय कमिटीका सचिव पद्मा अर्याललाई तोकेको छ । अभियान अनुगमनका लागि स्थायी कमिटीका सदस्यहरु किरण गुरुङ, खगराज अधिकारी र थममाया थापालाई पार्टीले जिम्मेवारी दिएको छ ।

Advertisement

पार्टीको केन्द्रीय कमिटीले अभियानको लागि केन्द्रीय सदस्यलाई पालिका स्तरमा खटाएको छ । सचिव दवाडीले प्रदेश कमिटीका सचिवालय सदस्य तथा कमिटीका सदस्यलाई समेत भूगोलमा खटाइएको बताए ।

तपाईको प्रतिक्रिया