कास्की राष्ट्रपति रनिङ सिल्ड च्याम्पियन

पोखरा ।
गण्डकी प्रदेशस्तरिय राष्ट्रपति कप रनिङ शिल्डमा कास्की च्याम्पियन बनेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पोखरा रंगशालामा मंगलबार सकिएको प्रतियोगितामा कास्की ३२ पदक प्राप्त गर्दै टिम च्याम्पियन बनेको हो ।
कास्कीले १४ स्वर्ण, १३ रजत र ५ कास्य पदकसहित नगद ३० हजार हात पारेको छ । गत वर्षको च्याम्पियन बागलुङ दोस्रो भएको छ । प्रतियोगितामा बागलुङ १० स्वर्ण, ५ रजत र १० कास्य पदक गरी २५ पदकमा रह्यो । नवलपुर ७ स्वर्ण, ३ रजत र ८ कास्य गरी कुल १८ पदकसहित तेस्रो बन्यो ।
बागलुङले नगद २० हजार र नवलपुरले नगद १० हजार पाएका छन् । मंगलबार नै भएको छात्र भलिबल फाइनलमा नवलपुर विजयी भएको छ । नवलपुरले २८–२६ र २५–२० ले बागलुङलाई पराजित गरेको हो ।
पर्वतले गोरखालाई २५–२०, २५–१८ ले जित्दै तेस्रो भएको छ । छात्रा भलिबलमा कास्कीले बाजी मारेको छ । कास्कीले स्याङ्जालाई २५–१८ र २५–२१ ले फाइनल खेल जित्दा म्याग्दीले तनहुँलाई २५–२०, १९–२५ र २५–१९ ले जितेर तेस्रो भएको छ ।
एथलेटिक्सतर्फ कास्कीले ६ स्वर्ण ८ रजत पदक जित्दै प्रथम भएको छ भने नवलपुर ५ स्वर्ण, १ रजत र ५ कास्य पदक जितेर दोस्रो र स्याङ्जा ४ स्वर्ण र १ कास्यका साथ तेस्रो बनेका छन् ।
कबड्डी छात्रतर्फ कास्की प्रथम भएको छ । कास्कीले म्याग्दीलाई ४३ का विरुद्ध ४५ अंकले पराजित गर्दै पहिलो भएको हो भने बागलुङ र गोर्खा तेस्रो भएका छन् । छात्रा कबड्डीतर्फ बागलुङले तनहुँलाई ६६ का विरुद्ध २० अंकले पराजित गर्दै पहिलो हुँदा नवलपुर र स्याङ्जा तेस्रो भएका छन् ।
मार्सल आर्ट उशुतर्फ समग्रमा बागलुङ ४ स्वर्ण २ रजतका साथ पहिलो, कास्की २ स्वर्ण र २ रजत र २ कास्य पदकका साथ दोस्रो, म्याग्दी २ रजत र ५ कास्य पदकका साथ तेस्रो हुँदा तेक्वान्दोतर्फ म्याग्दीले २ स्वर्ण १ रजत, कास्कीले २ स्वर्ण, २ रजत र १ कास्य तथा नवलपुर १ स्वर्ण २ रजत १ कास्य पदकका साथ क्रमश पहिलो, दोस्रो र तेस्रो भए । यस्तै कराँतेतर्फ म्याग्दी जिल्ला प्रथम भएको छ । प्रतियोगितामा ६ खेल भएका थिए ।
विजेता टिम तथा खेलाडीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव हेमराज सुवेदी, प्रदेश खेलकुदका उपाध्यक्ष धोजकुमार गुरुङ, परिषदका कार्यकारी सदस्यद्वय दिलबहादुर गुरुङ र ऋषिराम गौतमले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरे ।
प्रदेश खेलकुदका सदस्य सचिव घनश्याम पौडेलको अध्यक्षतामा भएको कार्यक्रम भएको हो । यो प्रतियोगिताबाट छनोट भएका खेलाडी १५ वैशाखबाट काठमाडौंमा हुने १३ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्डमा सहभागिता जनाउन १४ गते त्यसतर्फ प्रस्थान गर्ने छन् ।







पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
चापाकोटका विद्यार्थीलाई स्टेसनरी
३२ पिन्ट रगत संकलन
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया