पाेखरा ५ काे वडा दर्पण अंक ६ प्रकाशित
पोखरा ।
पोखरा महानगरपालिका वडा नं. ५ ले प्रकाशन गर्दै आएको वडा दर्पणको अंक ६ नयाँ वर्ष २०८० को सन्दर्भमा सार्वजनिक भएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सो अंक लोकार्पण गरेक हुन् ।
मेयर आचार्यले स्थानीय सरकारले गर्दै आएका विकास, निर्माण र सशक्तीकरण तर्फका कामलाई पुस्तकको रुपमा प्रकाशित गर्नु उदाहरणीय भएको बताए । वडा नं. ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले वडाबासीले वडाले गरेका विषयगत काम र ती कामबारे बुझ्न पुस्तक सहयोगी हुने धारणा राखे ।
डा उमानाथ बरालले वडा दर्पण अंक ६ को समीक्षा गरे । उनले प्रकाशनले सुशासन स्थापित र परिभाषित गरेको विचार राखे ।
प्रकाशन उपसमिति संयोजक पूर्व वडाध्यक्ष धनबहादुर नेपालीले प्रकाशनमा समेटिएका विषयले भएका कामबारे सुसूचित गर्ने र भविष्यमा नीति निर्माणमा बल पुर्याउने जनाए ।
कार्यवाहक वडाध्यक्ष गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य कल्पना भुवाजी क्षेत्रीले पनि बोलेकी थइन् । वडाको सहयोगमा फिर्के तमु समाजमा आवद्ध २० महिलालाई उद्घोषण तालिम सुरु भएको छ । वडाध्यक्ष बरालले यस्ता तालिमले महिला सक्तीशकरणमा योगदान गर्ने विचार राखे ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया