शान्ति निकेतनमा योगाभ्यास

समाधान संवाददाता २०८० वैशाख १३ गते १२:५२

पोखरा ।
पोखरा ५ मा रहेको शान्ति निकेतन स्कुलले नयाँ शैक्षिक सत्र नयाँ तवरले सुरु गरेको छ । स्कुलले योग तथा ध्यान अभ्यास गराई शिक्षण सिकाइ थालेको हो ।

Advertisement

२ दिनसम्म जीवन विज्ञान शिक्षा तथा विकास केन्द्र गण्डकी संयोजक शंकर पोखरेलले स्कुले बालबालिकामा योग सिकाएका छन् । रचनात्मक र सृजनात्मक कला बढाउन योग तथा ध्यान अपरिहार्य रहेको उनले बताए ।

स्कुलका संस्थापक/प्रिन्सिपल डा महेश्वर पराजुलीले स्कुलले समयसापेक्ष कार्यक्रम आयोजना गरी विद्यार्थीको सर्वांगिण विकासमा ध्यान दिएको बताए ।

विद्यालयका भाइस प्रिन्सिपल यदुविलास भूत्यालको अध्यक्षतामा भएको समापन कार्यक्रममा जीवन विज्ञान गण्डकी प्रदेश सहसंयोजक केदारनाथ अधिकारी, अर्का प्रशिक्षक रमेश राई, परीक्षा प्रमुख हेम सुवेदी, अतिरिक्त क्रियाकलाप प्रमुख भुवानीप्रसाद अधिकारी लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया