बेकरी र बारिस्टा तालिम सुरु

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १५ को आयोजना तथा किंस इन्टरनेसनल कलेजको प्राविधिक सहयोगमा वडा १५ का युवालाई लक्षित गर्दै निःशुल्क बेकरी तथा बारिस्टा तालिम सुरु भएको छ ।
वडाकै २ लाख रुपैयाँ सहयोगमा सुरु तालिमको उद्घाटन गर्दै वडाध्यक्ष तोरणबहादुर बानियाँले तालिमले युवालाई स्वरोजगारमूलक आय आर्जनमा मद्दत पुर्याउने विश्वास व्यक्त गरे ।
युवालाई उद्यमशीलतासँग जोड्दै व्यवसायिक बनाउन यस्तो तालिमको खाँचो रहको उनले बताए । १ महिने बेकरी तथा १५ दिने बरिस्टा तालिममा वडाका २५ जनाको सहभागिता छ ।
यसैबीच, पोखरा १५ द्वारा आयोजित महिलाका लागि घरेलु सेनिटरी प्याड बनाउने ३ दिने तालिम सकिएको छ । तालिमका सहभागीलाई वडाध्यक्ष बानियाँले प्रमाण–पत्र वितरण गरे । उनले महिलाको सशक्तीकरण, सीप विकास तथा क्षमता अभिवृद्धि गर्न यस्ता तालिम आयोजना गरिएको बताए ।
समापन समारोहमा तालिमका प्रशिक्षक सरस्वती अधिकारी, तालिम संयोजक वडा सदस्य मन्दिरा परियार, वडा सदस्य बलराम पौडेल, सेतीमाया गुरुङ लगायतले बोलेका थिए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया