बुद्ध जयन्तीमा पोखरामा सप्ताहव्यापी कार्यक्रम हुने

पोखरा ।
बुद्ध जयन्तीको अवसरमा पोखरामा वैशाख १५ गतेदेखी २२ गते सम्म सप्ताहव्यापी कार्यक्रम हुने भएको छ । २५६७ औं बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरि मनाइने बुद्ध जयन्ती समारोह समिति कास्कीका अध्यक्ष क्या चन्द्रप्रसाद गुरुङले जानकारी दिए ।
बौद्ध धर्मको प्रचार, संरक्षण तथा बुद्धको शिक्षालाई जनतासमक्ष पुर्याउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष गुरुङले बताए । बुद्ध जयन्तीका दिन काटमार रोक्ने अभियान समेत सञ्चालन गर्न लागिएको उनले बताए ।
‘बुद्ध जयन्तीका दिन काटमार रोक्न तथा मासु पसल बन्द गराउन भनेर जिल्ला प्रमुख अधिकारीलाई पत्र हस्तारण गरेका छौं उहाँबाट सकारात्मक प्रतिक्रिया पाएका छौं,’ गुरुङले भने, एकदिन भएपनि काटमार नहोस् भन्ने उद्देश्य हो, मासु व्यवसायी संघलाई पनि पत्राचार गर्ने तयारी छ ।’
अध्यक्ष गुरुङका अनुसार शुभारम्भ र्याली तथा साइकल र्याली, निशुल्क स्वास्थ्य शिविर, रक्तदान, भोजन दान र फेवाताल र बेगनास तालमा माछा छोडिने कार्यक्रम समावेश गरिएका छन् । भिक्षु शुभद्र स्मृति सभा र धर्मदेशना, गणचक्र पुजा, दीप प्रज्वलन, सरसफाई तथा वृक्षरोपण, बौद्ध नाटक, बौद्ध चित्रकला प्रदर्शनी लगायतका कार्यक्रम गरिने गुरुङले बताए ।
बौद्ध धर्म कर्मकाण्डमा मात्र सिमित रहँदा यसको अस्तित्व संकटमा पर्न लागेको संस्थाका संस्थापक सचिव विश्व शाक्यले बताए । बुद्धको सिद्धान्त र दर्शनलाई विश्वभरी फैलाउन आवश्यक रहेको उनले औंल्याए ।
‘पश्चिमी धर्मले प्रलोभनमा पारेर जनतालाई आफुप्रति आकर्षित गरेका छन् तर बौद्ध धर्मगुरुहरुले जनतालाई प्रभाव पार्न सकेका छैनन् त्यसैले बौद्ध धर्म झन् झन् खुम्चिँदै गएको छ,’ शाक्यले भने, धार्मिक कार्यमा युवाहरुको सहभागिता र सक्रियता बढाउन आवश्यक छ साथै सरकार पनि सजग र सचेत भएर प्रचारप्रसारमा लाग्नुपर्छ ।’








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया