केन्ट आरओको नयाँ वर्ष अफर

समाधान संवाददाता २०८० वैशाख १३ गते १७:३७

पोखरा ।
नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक इओएलले यस वर्षको नयाँ वर्ष लक्षित ग्राहक योजना ल्याएको छ । भारत र नेपालमा पानी शुद्धीकरणका लागि प्रयोग हुने केन्ट आरओले नयाँ वर्ष २०८० लाई लक्ष्य गर्दै ’यो नयाँ वर्ष स्वास्थ्य र शुद्धतासँग सुरुवात गर्नुहोस’ भन्ने नारासहित उक्त योजना ल्याएको हो ।

यस अफर अन्तर्गत केन्टको कुनै पनि आरओ मोडलको खरिदमा भ्याक्युम फ्लास्क/भेजिटेबल चपर र अरु कुनै पनि सामानको खरिदमा लक्की ड्र मार्फत दुबई घुम्ने सुनौलो मौका पाउने बताइएको छ ।

यो योजना गत ३० गतेदेखि सम्पूर्ण नेपालमा सीमित अवधिका लागि मात्र लागु गरिएको कम्पनीको भनाइ छ । पिउने पानीमा उच्च टिडिएस, ब्याक्टेरिया, भाइरस, कीटनाशक र अन्य हानिकारक रसायनहरू समावेश हुनसक्छ । घरहरूमा आपूर्ति गरिएको पानी रस्ट र पुरानो पाइपलाइनहरू मार्फत आउने र अस्वस्थ ट्यांकीमा भण्डारण हुने गर्दछ ।

Advertisement

पिउनुभन्दा पहिले पानी शुद्ध छ भन्ने कुरा सुनिश्चित गर्न अत्यन्त आवश्यक छ । केन्ट आरओबाट प्रशोधित भएको पानी हाम्रो परिवारको स्वस्थ जीवन र कल्याणको लागि महत्वपूर्ण आवश्यकता भएको कम्पनीले बताएको छ । केन्ट ब्रान्डका अन्य वाटर प्युरिफायर, एयर प्युरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू/डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि बजारमा उपलब्ध छन् ।

आज सफा पिउने पानी आवश्यकता बनेको छ । प्रत्येक वर्ष लाखौं नेपाली पानीजन्य रोगहरूले संक्रमित हुन्छन् र हजारौंले आफ्नो ज्यान गुमाउँछन् ।

Advertisement

तपाईको प्रतिक्रिया