
मनाङ ।
बहुमुल्य जडीबुटी यार्सागुम्बा संकलनका लागि मनाङी लेकतर्फ लागेका छन् । आम्दानीको स्रोतका रूपमा रहेको यार्सागुम्बा संकलनका लागि उनीहरु यतिबेला जिल्लाका विभिन्न ठाउँ पुगेका छन् ।
मौसम अनुकूल भएसँगै मनाङवासी यार्सागुम्बा संकलनमा व्यस्त हुन थालेका छन् । मनाङीको आयस्रोत कृषि तथा औषधिजन्य जडीबुटी हुन् । जडीबुटी संकलनका लागि नासों गाउँपालिका अन्तर्गत पहिलो चरणमा यार्सागुम्बा टिप्न नाम्के खर्क उनीहरु पुगेका छन् ।
यससँगै माथिल्लो मनाङ अन्तर्गत खांसारखर्क र नारफुखर्क पुगेर मौसम र समयका आधारमा यार्सागुम्बा टिप्ने गरेको स्थानीय बताउँछन् । चामे गाउँपालिका ४ का जगबहादुर गुरुङ भन्छन्, ‘अहिले उपयुक्त मौसम भएकाले यार्सागुम्बा टिप्न लेकतर्फ जाँदै छौँ ।’
जडीबुटी संकलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको बैठकले यार्सागुम्बा संकलन गर्न इजाजत प्राप्त भएपछि समितिमार्फत पुर्जी दिने निर्णय गरिएको थियो । बैठकको निर्णय बमोजिम नै यार्सागुम्बा संकलन गर्न पाउने भएपछि मनाङीलाई चटारो छ । जडीबुटी संकलन उनीहरुको मुख्य आयस्रोत मानिन्छ । यार्सा संकलनका लागि जिल्लावासी मात्रै नभएर बाहिरी जिल्लाबाट पनि यहाँ आउने गर्दछन् ।
प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले यार्सागुम्बा जम्मा गर्न सुरक्षाका लागि आवश्यक व्यवस्था गरिएको बताइन् ।
नाम्के खर्कबाट यार्सागुम्बा संकलन थालिएको छ । नारफु र माथिल्लो मनाङको खाङ्सार खर्कमा पनि यार्सा संकलन गर्न सकिने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए ।
असार पहिलो हप्तासम्म यार्सा संकलन गरिनेछ ।
मनाङ बाहिरबाट यार्सागुम्बा तथा अन्य जडीबुटी संकलन र खरिद गर्न आउने व्यक्तिले अनिवार्य रूपमा कोभिड १९ विरुद्धको खोप लगाएको प्रमाण लिएर आउनुपर्ने छ ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया