पर्वतका ३१ नेताले कांग्रेस छाडे

पोखरा ।
उपनिर्वाचनमा पुराना पार्टीप्रति जनताको मोहभंग भएको प्रभाव पर्वतमा देखिएको छ । नेपाली कांग्रेसका पर्वतका प्रभावशाली युवा नेता मिलन सुवेदीले कांग्रेसको साधारण सदस्य समेत परित्याग गरेको घोषणा गरेका छन् । सुवेदी जिल्ला अधिवेशनमा गगन थापा पक्षबाट सभापति उम्मेदवार बनेर युवराज जोशीसँग पराजित भएका थिए । उनी नेविसंघका पूर्व जिल्ला सभापति समेत हुन् ।
कांग्रेसको १४ औं महाधिवेशनमा जिल्ला सभापतिको प्रत्याशी रहेका सुवेदी पर्वतमा गगन थापा समूहका नेता मानिन्छन् । सुवेदीसहित ३१ जना जिल्लास्तरीय नेता कार्यकर्ताहरुले कांग्रेस परित्याग गरी स्वतन्त्र रहेको घोषणा गरेका हुन् । कांग्रेस परित्याग गरेका नेताहरु चाँडै राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित हुने तयारीमा छन् ।
उनीसँग जिल्ला कार्य समिति सदस्य किसान थापा, फलेबास नगरपालिकाका सचिव सागर भुसाल, प्रदेश सभा सदस्यको उम्मेदवार बनेका कमलराज पौडेल, नेविसंघका निवर्तमान जिल्ला सभापति सन्तोष पाठक लगायत छन् ।
तनहुँ १, चितवन २ मा कांग्रेसलाई ठूलो मतान्तरले पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचन जितेपछि कांग्रेसमा पहिरो जाने अडकलका बीच पर्वतमा नेताहरुले पार्टी छाडेका छन् । कांग्रेस छाडेर रास्वपा प्रवेश गरी स्वर्णिम वाग्लेले भारी मतान्तरसहित निर्वाचन जितेका छन् । त्यसको बाछिटा कांग्रेसमा पर्ने विश्लेषण थियो ।










वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया