सम्पादकीय: उखान नबनोस् कोरला

कोरला नाका नेपालको मुस्ताङ र चीनको तिब्बतको सीमा क्षेत्रमा पर्छ । चारैतिर जमिनले घेरिएको भूपरिवेष्ठित नेपाल वास्तवमा भारत परिवेष्ठित छ । कठिन भूगोल र कम जनसंख्या बसोबास गर्ने उत्तरी क्षेत्र र चीनसँगका नाकाहरु सधै उपेक्षामा पर्छन् ।
कृषिप्रधानबाट विस्तारै परनिर्भर बनिरहेको नेपालले अधिकांश खाद्यान्नसमेत भारतबाटै आयात गर्नुपर्ने अवस्था छ । नयाँ संविधान जारी भएपछि भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगायो । पेट्रोलियम पदार्थ दिन बन्द गरेको भारतले न कुनै मञ्चमा नाकाबन्दी गरेको स्वीकार्यो, न त नेपालका दलहरु र सरकारले नै अन्तर्राष्ट्रिय मञ्चहरुमा नाकाबन्दी भएको विषय उठाउन सक्यो । यसले के देखाउँछ भने नेपाल साह्रै नाजुक अवस्थामा छ ।
आफ्नै उत्पादन नभएको र रेमिट्यान्सको भरमा अर्थतन्त्र धानिएको देशलाई भारतले आफ्नो स्वार्थ मुताबिक परिचालन गर्ने प्रयास सद गरिरहेको जानकारहरुको ठम्याइ छ । नाकाबन्दीकै बेला चीनसँग सीमा खोल्ने कुरा उठ्यो, कोरला नाकाको चर्चा चुलियो ।
०७२ सालको नाकाबन्दीपछि ८ वर्ष बितेका छन् । पछि भारतले नाकाबन्दी खुलाएँ नभनी विस्तारै नाका र आपूर्ति सहज बनायो । बारम्बार भारतबाट नाकाबन्दी हुँदा पनि नेपालले सिकेको देखिएन । न आत्मनिर्भर अर्थतन्त्र बनाउने उपाय खोजियो, न चीनसँग नाका खोल्ने योजनाबद्ध प्रयास भयो । अहिले कोरला नाका खोल्ने चर्चा सेलाएको छ । १ दशकदेखि नाका खोल्ने भनिए पनि त्यहाँ गतिविधि सुनसान छ ।
चीनतर्फ नाका खाल्नका लागि निर्माणका काम भए पनि नेपालतर्फ काम भएको छैन । चीनले सुरक्षाकर्मी नाकामा राखिसकेको छ । भन्सार, चेकपेस्ट, आवश्यक पूर्वाधार चीनले बनाइसकेको छ । यो नाका चीनभन्दा बढी नेपालका लागि आवश्यक हो । तर, नेपालतर्फ सीमामा संरचना बन्ने निधो छैन ।
ऐतिहासिक रूपमा तिब्बत र नेपाल बीच नून व्यापारका लागि प्रयोग भएको थियो कोरला नाका । यो नेपाल चीनको पुरानो नाका पनि हो । यो ऐतिहासिक रूपमा तिब्बत र नेपाली राज्यबीच व्यापारको लागि प्रयोग भएको थियो । खम्पा विद्रोहपछि चीनले कोरला नाकामा कठाइ गरेको हो । वर्षमा २ पटक व्यापार मेला आयोजना गर्ने चलन पनि कोरोना कहर सुरु भएपछि रोकिएको छ ।
यसको मारमा मुस्ताङी परेका छन् । हालै दुवैतर्फका सुरक्षा अधिकारीको बैठकले सीमा सुरक्षा, बोर्डर खुल्ने र अल्पकालीन अन्तरदेशीय व्यापार मेला चलाउने विषयमा छलफल गरेको छ । व्यापार मेलामात्र चलेमा पनि मुस्ताङीले उत्पादन गरेका सामग्रीले बजार पाउने छन्, त्यतिमात्र होइन, सस्तोमा उपभोग्य सामग्री र चिनियाँ सामान उनीहरुले किन्ने अवसर मिल्नेछ ।
बोर्डरमा आवश्यक संरचना बनाएर कोरला नाका खोल्न नेपाल सरकारले योजनावद्ध पहल गर्नु जरुरी छ । संकटमा चर्चा गर्ने, सहज अवस्थामा पहल नगर्ने गर्दा कोरला उखानमै सीमित हुन सक्छ ।







जेन्जी आन्दोलनमा गण्डकीमा ३ जनाको ज्यान गयो, ५ अर्बको क्षति
हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया