मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डेको दाबी पेस
समाधान संवाददाता
२०८० वैशाख १४ गते १४:४१

पोखरा
गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेस गर्न दिएको समयभित्र नेता पाण्डेले प्रदेश प्रमुख समक्ष दावी पेश गरेका हुन् ।
पाण्डेले नेपाली कांग्रेससहित, माओवादी केन्द्र र एकीकृत समाजवादीका ३५ सांसदको समर्थनमा दाबी पेश गरेका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया