गण्डकी सरकारकाे भागबण्डामा सकस

१२.०५ बजे मुख्यमन्त्रीकाे सपथ, मन्त्री अझै अन्याैल

समाधान संवाददाता २०८० वैशाख १५ गते ११:००

पाेखरा ।

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पद तथा गाेपनियताकाे सपथ खाँदै छन् । नयाँ मुख्यमन्त्रीलाई १२ बजेर ५ मिनेट जाँदा सपथ खुवाउने गरी प्रदेश प्रमुखकाे कार्यालयले तयारी गरेकाे छ ।

नेपाली का‌ग्रेस, नेकपा माओवाली केन्द्र र नेकपा एकिकृत समाजवादीका ३५ सांसदकाे समर्थनमा गाेरखाबाट प्रदेश सभामाा निर्बाचित पाण्डे हिजाे विहीबार मुख्यमन्त्री नियुक्त भएका हुन् ।

Advertisement

उनले पहिलाे चरणमाा कम्तिमा २ जना मन्त्रीलाई सपथ खुवाउने तयारी गरेकाे भएपनि नाम अझै नटुङ्गिएकाे श्राेतले बतायाे । श्राेतका अनुसार ११ बजिसक्दा पनि प्रदेश प्रमुखकाे कार्यालयमा मुख्यमन्त्री बाहेक अन्य कसैकाे डकुमुेन्ट पठाइएकाे छैन् । तर २ जना मन्त्रीकाे पनि सपथ एकै चाेटी हुन सक्ने जानकारी भने प्रदेश प्रमुखकाे कार्यालयलाई मुख्यमन्त्रीकाे सचिवालयले दिएकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया