मन्त्रालय नटुङ्ग्याएसम्म माओवादी सरकारमा नजाने

२ जना मन्त्री बनाउन मुख्यमन्त्री तयार, माओवादीकाे दावी ३ मन्त्रालय

समाधान संवाददाता २०८० वैशाख १५ गते ११:१७

पाेखरा ।

मुख्यमन्त्री बनाउन नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई समर्थन दिएकाे नेकपा माओवादी केन्द्र तत्काल सरकारमा सहभागी नहुने भएकाे छ । यद्यपी मुख्यमन्त्री पाण्डेले विनाविभागीय मन्त्रालय लिएर भए पनि कम्तिमा १ जना माओवादी सांसदलाई सपथ खुवाउन प्रयास गरिरहेका छन् ।

३ वटा मन्त्रालय दावी गरिरहेकेा माओवादीले मन्त्रालयकाे संख्या र मन्त्रालयकाे जिम्मेवारी समेत बा‍ँडफाँड हुनु पर्ने सर्त राखेकाे छ । याे बारेमा केन्द्रबाट पनि केही निर्देशन नआएकाे भन्दै ‍ आज सपथ नलिने भएका हुन् ।

Advertisement

मुख्यमन्त्री पाण्डे माओवादीले एमालेका खगराज अधिकारी नेतृत्वकाे सरकारमा जस्तै २ वटा मन्त्रालय दिने मनस्थितिमा रहेकाे श्राेतकाे दावी छ । अधिकारी नेतृत्वकै सरकारमा पाएका मन्त्रालय माओवादीलाई दिन उनी तयार छन् तर माओवादीले मानिरहेकाे छैन् ।

श्राेतका अनुसार अहिले पनि कुराकानी जारी छ । मुख्यमन्त्रीले प्रयास गरिरहनु भएकाे छ, माओवादीका साथीहरु तयार हुनु भैसकेकाे छैन, हेराैं १२ बजेसम्म के हुन्छ–एक सांसदले समाधानसँग भने ।

Advertisement

तपाईको प्रतिक्रिया