अन्तत माओवादी पनि आजै सरकारमा सहभागी हुने, सुशीला सिम्खडा मन्त्री बन्दै
समाधान संवाददाता
२०८० वैशाख १५ गते १२:२४

पाेखरा ।
३ वटा मन्त्रालय नपाएसम्म सरकारमा सहभागी नहुने अडान लिएकाे नेकपा माओवादी केन्द्र अन्तत सरकारमा सहभागी हुने भएकाे छ ।
माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान मन्त्रालयकाे भागबण्डा नमिलेसम्म सरकारमा सहभागी नहुने अडानमा भएपनि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रचण्डसँगै कुरा गरेर माओवादीलाई पनि आजै सरकारमा सहभागी बनाउन सफल भएकाे श्राेतले बताएकाे छ ।
माओवादी केन्द्रकाे तर्फबाट महिला सांसद सुशिला सिम्खडा मन्त्री बन्दै छिन् । सुशिलालाई मन्त्री बनाउने निर्णय आउन ढिला भएकाले सपथ ग्रहणकाे कार्यक्रम पनि ढिलाे भएकाे छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रदेश प्रमुखकाे कार्यालयमा पुगिसकेका छन् भने माओवादी केन्द्रकी सुशिला सिम्खडा औपचारिक पोशाक लगाउन निबासमा गएकी छन् । सिम्खडा आउन ढिलाे भएकै कारण सपथ ग्रहणमा ढिलाई भएकाे छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया