मुख्यमन्त्री सुरेन्द्रको सपथ, माओवादीबाट सुशीला र कांग्रेसबाट सरस्वती मन्त्री

समाधान संवाददाता २०८० वैशाख १५ गते १२:३०

पोखरा ।

Advertisement

गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सपथ लिएका छन् । बिहीबार साँझ मुख्यमन्त्री नियुक्त पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शुक्रबार मध्यान्ह सपथ गराएका हुन् ।

माओवादीसमेतको समर्थनमा मुख्यमन्त्री दाबी पेस गरी नियुक्त हुन सफल नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेले सपथमा माओवादीका तर्फबाट सुशीला सिम्खडालाई मन्त्री नियुक्त गरेका छन् । कांग्रेसबाट सरस्वती अर्याल तिवारीले पनि मन्त्रीको सपथ लिइन् ।

सपथ समारोहमा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी पनि सहभागी थिए ।

Advertisement

तपाईको प्रतिक्रिया