नेवाः देय् दबूले पोखरामा पहिलो पटक सामुहिक ब्रतबन्ध गर्ने

समाधान संवाददाता २०८० वैशाख १५ गते १६:३७

पोखरा
नेवाः देय् दबु पोखराले सामुहिक रुपमा बॅुः सखा तथा कयेता पूजा (ब्रतबन्ध) गर्ने भएको छ । कास्कीमा छरिएर रहेका नेवारी समुदायमा धार्मिक एकरुपता राख्ने उदेश्यका साथ सामुहिक रुपमा ब्रतबन्ध गर्न लागिएको हो ।

Advertisement

आफ्नो संस्कार र संस्कृतिको बारेमा सबैलाई जानकार हुने र एकै स्थानमा संयुक्त रुपमा गर्दा समुदायमा भाइचाराको सम्बन्ध प्रगाढ हुने विश्वासका साथ पोखरामा पहिलो पटक सामुहिक ब्रतबन्धको आयोजना गर्न लागेको नेवाः देय् दबु पोखरा महानगर समितिका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले जानकारी दिए ।

बिहिबार पत्रकार सम्मेलनका आयोजना गर्दै उनले उक्त जानकारी दिएका हुन् । कार्यक्रम आगामी २४ गते रानिपौवा स्थित शोभा भगवती मन्दिरमा हुनेछ । उक्त ब्रतबन्ध गराउने चाहने परिवारले तीन हजार रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्ने महासचिव भगवान विजुक्च्छेले जानकारी दिए ।

उक्त ब्रतबन्धमा मामाले सुनको र चाँदिको प्रतिमाले कपाल खौरे जस्तो गर्नेछन् भने फुपुले कॅाशको थालीमा कपाल थापेर नदीमा बगाउने प्रचलन रहेको छ। नेवारी परम्परा अनुसार उक्त कार्य नगरेसम्म जन्म, मृत्युमा कुनै काम गर्न नपाइने र मानव जीवन शुद्ध नहुने विश्वास रहि आएको छ । ८ देखी १२ वर्ष उमेर भित्र उक्त कार्य गराएमा पितृकर्म र देवकर्म गराउन शुद्धि हुने विश्वास रहेको अध्यक्ष श्रीकृष्ण श्रेष्ठले जानकारी दिए ।

कार्यक्रम भब्यरुपमा सम्पन्न गराउन राजेश श्रेष्ठको नेतृत्वमा मुल संयोजनमा समिति, शंकरलाल श्रेष्ठको संयोजनमा अर्थ संकलन उपसमिति, पूर्ण बहादुर श्रेष्ठको संयोजनमा खाजा व्यवस्थापन उपसमिति, नरेश कुमार श्रेष्ठको संयोजनमा प्रचार प्रसार उपसमिति र अनुराधा श्रेष्ठको संयोजनमा पूजा तथा जग्गे व्यवस्थापन उपसमिति गठन गरिएको छ।

Advertisement

उपस्थित व्यक्तित्व हरु मध्यबाट नेवाः देय दवू कास्कीका अध्यक्ष कृष्णमान ठुसाजु, नेवाः देय दवू गण्डकी प्रदेश वरिष्ठ उपाध्यक्ष विष्णु ख्वाउजु, सदस्य अष्ठमान प्रधानाङ्ग, नेवाः मिसा दवू का अध्यक्ष तिर्थ श्रेष्ठ गोसेली , समाजसेवी उदय अमात्य लगायतले आ(आफ्नो भनाई राखेका थिोए भने कार्यक्रम संचालन प्रचार प्रसार संयोजक नरेश कुमार श्रेष्ठले गरेका थिए।

तपाईको प्रतिक्रिया