संघीयता सुदृढीकरणमा सहयोग निरन्तर : अमेरिकी राजदूत थम्पसन
पदयात्रामा जाने पर्यटकले पथप्रदर्शक लैजाँदा सुरक्षित हुने भनाइ

पोखरा ।
नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनले नेपालमा संघीयताको सुदृढीकरणका अमेरिकी सहयोग जारी रहने बताएका छन् । पोखरामा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै राजदूत थम्पसनले गण्डकीको प्रदेशको संस्कृति जगेर्नाका साथ दीगो पर्यटन विकास, पर्यावरण जगेर्नाका सम्भावनाका बारेमा आफूले मिहीनरुपमा जानकारी पाएको सुनाए ।
राजदूत थम्पसन दुई दिनयता पोखरामा छन् । त्यसक्रममा उनले अन्नपूर्ण केबलकारबाट पर्यटकीय गन्तव्य सराङ्कोटबाट सूर्याेदयको दृश्यावलोकन गर्न भ्याएका छन् । उनले पोखराका उद्यमी व्यवसायी र पर्यटनकर्मीहरुसँग पनि भेटेर छलफल तथा अन्तक्र्रिया गरे ।
नेपालमा संघीयतालाई सबल पार्न प्रदेश र स्थानीय तह क्रियाशील रहेकामा खुसी व्यक्त गर्दै नागरिकको निरन्तर खबरदारीले शासन व्यवस्था अझ मजबुत हुने भनाइ राखे । उनले भने, ‘अमेरिकामा २ सय ३० वर्ष भयो संघीय शासन व्यवस्था लागु भएको, त्यहाँ त अझै अधिकारको बाँडफाँटका विषयमा बहस भइरहन्छ, नेपालमा त भर्खर अभ्यासमा आएको छ ।’
बिहीबार पोखरा आएका अमेरिकी राजदूत डिआरले पोखरा महानगर पालिकाका कार्यवाहक प्रमुख मोतीलाल तिमिल्सिनासँग भेटघाट गरेका थिए । स्थानीय सरकार सञ्चालन र सुशासनका बारेमा छलफल भएको राजदूत थम्पसनले बताए ।
यसैगरी उनले शुक्रबार पोखरा उद्योग वाणिज्य संघ, होटेल एसोसिएसन, ट्रेकिङ एसोसिएसनका प्रतिनिधिसँग अलगअलग भेट गरेका छन् ।
राजदूत थम्पसनले पोखरास्थित तिब्बती शरणार्थी क्याम्प पुगेर भेटघाट गर्नुका साथै नागरिकताविहीनहरुको संस्थाका प्रतिनिधिसँग पनि छलफल गरे । अमेरिका सधैं स्वतन्त्र प्रेसको पक्षधर रहेको भन्दै उनले पत्रकारहरुको क्षमता विकासका लागि विभिन्न साझेदार संस्थाहरुसँग मिलेर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
पोखरा पर्यटकीय गतिविधिको केन्द्र भएकाले युवाहरु बस्न चाहाने सहरका रुपमा आफूले पाएको उनको भनाइ थियो । यहाँको पर्यटकीय गतिविधि र प्राकृतिक सुन्दरताबाट आफू निकै प्रभावित भएको प्रतिक्रिया उनले दिए ।
कोभिडपछि पोखरा आसपास खासगरी अन्नपूर्ण क्षेत्रमा आउने पदयात्री बढेको उनले बताए । पदयात्रीको सुरक्षा र अन्य व्यवस्थाका लागि पदप्रदर्शक लैजानुपर्ने प्रावधानका बारेमा अमेरिकी दूतावासले जानकारी गराइसकेको पनि उनले उल्लेख गरे ।
कोभिडपछि नेपालमा नयाँ रोजगारी सिर्जना हुन नसकेको, व्यावसायिक सिप पनि उपलब्ध हुन नसकेको आफूले अध्ययनका क्रममा पाएको उनले बताए ।
अमेरिका र नेपाल दुई मुलकबीच मात्र नभएर जनताजनताबीच समेत सुमधुर सम्बन्ध रहेको भन्दै उनले अध्ययनका साथै विकास निर्माणमा साझेदारीमार्फत सम्बन्ध अझै मजबुत हुँदै गएको सुनाए ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया