बुद्ध एयरले ल्यायो नयाँ जहाज

समाधान संवाददाता २०८० वैशाख १७ गते १०:२२

काठमाडौं ।
निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ । कम्पनीले शुक्रबार १५ औँ एटिआर–७२ जहाज भित्र्याएको हो ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार नयाँ जहाजले आवश्यक कागजी प्रक्रिया पुर्‍याएर १ महिनाभित्र व्यावसायिक उडान सञ्चालन गर्नेछ । ठूला जहाजबाट उडान भर्दा सञ्चालन खर्च कम हुने र भाडादर पनिसस्तो हुने भएकाले ७२ सिटे जहाज भित्र्याइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

योसँगै बुद्ध एयरका १५ एटिआर जहाज पुगेका छन् । यीमध्ये १२ एटिआर ७२ र ३ एटिआर ४२ जहाज छन् । यसअघि बुद्धसँग भएका २ बिचक्राफ्ट क्यानाडाको कम्पनीलाई बेचिएको थियो ।

Advertisement

नयाँ जहाज थपिएपछि हाल दैनिक २ उडान हुँदै आएको धनगढी र सुर्खेत गन्तव्यमा उडान थप्ने कम्पनीको योजना छ ।

संखुवासभाको तुम्लिङटारमा एटिआर ७२ जहाजबाट उडान भर्ने तयारी छ । कम्पनीले छिट्टै थप १ नयाँ जहाज ल्याउनेसमेत जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया