चौरी मेलामा आयोजित आर्चरीमा चिमाङ च्याम्पियन

जोमसोम—मुस्ताङको थासाङ—२ बोक्सी खोलामा आयोजित अन्तर गाउँ तारो (आर्चरी) खेल प्रतियोगितामा मुस्ताङको घरपझोङ—१ चिमाङ गाउँ च्याम्पियन भएको छ ।हिमालयन चौरी पालन समुहको आयोजना र धौलागिरी चौरी पालक समुहको सहआयोजनामा प्राकृतिक रोगको उपचार चौरीको आलो रगत खाने मेलामा शनिबार आयोजित अन्तर गाउँ तारो खेलमा चिमाङ गाउँ च्याम्पियन बनेको हो ।
मुस्ताङको थासाङ र घरपझोङ गाउँपालिका अन्तर्गतका कुल १७ गाउँका १७ समुहको सहभागिता रहेको तारो हान्ने प्रतियोगिता १२ डोरको कुल १२० अंकमा संञ्चालन गरिएको हो । प्रतियोगितामा प्रत्येक गाउँको समुहबाट ५ जना खेलाडी रहने गरी संञ्चालन गरिएको प्रतियोगितामा प्रत्येक खेलाडीले २४ पटक तारो प्रहार गरेका थिए ।
प्रतियोगितामा घरपझोङ—१ चिमाङले कुल ६५ अंक समेट्दै च्याम्पियन भयो भने थासाङ—३ लेते धम्पु गाउँ ६३ अंक समेट्दै उपविजेतामा बनेको धौलागिरी चौरी पालक समुहका अध्यक्ष बुद्धिरत्न तुलाचनले जानकारी दिए ।यसैगरी प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी थासाङ—३ लेते धम्पुका राजेन्द्र शेरचन घोषित भए भने प्रतियोगिताको सर्वोउत्कृष्ट (खोलर) थासाङ—२ नाउरिकोटका राजन तुलाचन घोषित भए ।
तारो खेल प्रतियोगिताको च्याम्पियनले नगद ४० हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र पायो भने उपविजेताले नगद २५ हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र पायो । तारो प्रतियोगिताको विजेता समुहलाई थासाङ गाउँपालिकाका अध्यक्ष प्रदिप गौचनले पुरस्कार वितरण गरेका थिए ।
हिमाली मौलिक कलासंस्कृति र सम्यतालाई जिवन्त राख्दै तारो हान्ने खेलको संरक्षण तथा प्रर्वद्धन गर्न प्रतियोगिता आयोजना गरिएको धौलागिरी चौरी पालक समुहका अध्यक्ष बुद्धिरत्न शेरचनले जानकारी दिए । खेलका माध्यमबाट आपसी भाइचार अभिवृद्धि गर्ने र एक गाउ र अर्को गाउँका युवाहरुबीचको सम्वन्ध प्रगाढ तुल्याउन प्रतियोगिता आयोजना गरिएको अध्यक्ष तुलाचनको भनाई छ ।
थासाङको बोक्सी खोलामा याकचौरीको आलो रगत खाने मेला बैशाख ९ गतेदेखि जारी छ ।चौरी मेलामा पछिल्लो ७ दिनमा १२ सय जनाले चौरीको रगत खान मुस्ताङ आएको बताईएको छ ।
चाकचौरीको आलो रगतले मानव शरिरको पेट सम्वन्धि रोग निको पार्ने विश्वाश गरिएको छ । उच्चलेंकका याकचौरीले वन्य जटिबुटी सेवन गर्ने भएकाले चौरीको आलो रगत स्वास्थ्यवद्र्धक मानिन्छ ।








सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया