अक्षरयात्री पुगे पर्वतीय संग्रहालयमा

पोखरा ।
प्रत्येक महिनाको तेस्रो शनिबार चल्ने साहित्यिक अभियान अक्षरयात्राको १ सय ९८ औं श्रृंखला शनिबार पोखरा घारीपाटनमा अवस्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलयमा भएको छ । अक्षरयात्रीले तत्स्थानमै सिर्जित रचनावाचन गरेका थिए ।
‘जीवन र जगतको यथार्थ बोधका लागि अक्षरयात्रा’ भन्ने उद्घोषका साथ गजल सन्ध्या र नवनीत साहित्य सागरले कार्यक्रम आयोजना गर्दै आएका छन् । साहित्यका दीपक समीपले १८ वर्षदेखि अविच्छिन्न रुपमा सञ्चालन हुँदै आएको यो कार्यक्रमले धेरै साहित्यकारलाई ऊर्जा दिएको बताए ।
संग्रहालयकी प्रमुख निर्मला न्यौपानेले अक्षरजीवीका सिर्जनाले देशको कला, संस्कृति र समग्र सभ्यताकै विकास गर्ने बताइन् ।
कार्यक्रममा अक्षरयात्राका साहित्यका लक्ष्मण थापा, नेपाली लेखक संघ गण्डकी प्रदेशका महासचिव सञ्जीव पौडेल, मुक्तक मञ्चका केन्द्रीय अध्यक्ष रामजीप्रसाद आचार्य, संगम संगीतिक मञ्च अध्यक्ष काजी गाउँले, सुरज पौडेल, रोष नास्तिक, कपिल शर्मा, विकास लुंगेली, अमृत क्षेत्री र वसन्त विनोदले लगायतले आ–आफ्ना सिर्जनावाचन गरेका थिए ।
गजल सन्ध्याका अध्यक्ष वसन्त विनोदको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष सुरज उपाध्यायले सञ्चालन गरेका थिए ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया