उपचार सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्कने
समाधान संवाददाता
२०८० वैशाख १७ गते ११:४६

पोखरा ।
राष्ट्रपति रामचन्द्र पौडेल आइतबार स्वदेश फर्किने भएका छन् । उपचार गराएर राष्ट्रपति पौडेल भारतबाट आज राती ८ः३० बजे स्वदेश फर्किने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर थप उपचारका लागि गत वैशाख ६ गते भारत लगिएको थियो । श्री एयरलाइन्सको जहाजमार्फत राष्ट्रपति पौडेललाई भारत लगिएको थियो ।
राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएपछि राष्ट्रपति पौडेललाई आजै अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको बताइएको छ । राष्ट्रपति पौडेललाई पेट दुख्ने, छातिमा पानी जम्नेजस्ता समस्या देखिएको थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया