गैसस महासंघ गण्डकीको सभा

पोखरा ।
गैरसरकारी संस्था महासंघ नेपाल गण्डकी प्रदेश पोखराको पाँचौं साधारण सभा शनिबार भएको छ । सभाले सचिव शिवप्रसाद शर्माले प्रस्तुत गरेको सांगठनिक तथा प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष मुक्तिप्रसाद ढुंगानाले पेश गरेको आर्थिक प्रतिवेदन सुधारसहित पारित गरेको छ ।
समारोहमा सामाजिक क्षेत्रमा योगदान पुर्याउने ९ व्यक्ति तथा एक संस्थालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा शर्मिला गुरुङ, कृष्णप्रसाद बराल, विश्वमोहन गौचन, उषा बरुवाल, चण्डीप्रसाद शर्मा, रामचन्द्र शर्मा गौतम, दिवा पुन, विश्वप्रकाश प्रसाई, केबी राना र संस्थागत रुपमा कोपिला नेपाल छन् ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष रामप्रसाद सुवेदीले हरेक पालिकाले नागरिक संस्थामार्फत सामाजिक परिचालनको काम गर्न प्रस्ताव गरे । उनले त्यस्तो गरे मानवीय विकासको क्षेत्रमा प्रभावकारी काम हुने उल्लेख गरे । ‘नागरिक संस्थामार्फत हरेक पालिकाले सामाजिक परिचलनको काम गर्न सक्छन्,’ उनले भने, ‘मानवीय विकास र नागरिकमैत्री कार्यक्रममा नागरिक संस्थाले सरकारी निकायसँग सहकार्य गर्न सक्छ ।’
उनले नागरिक संस्थाले परियोजना नभएर अभियान चलाउनुपर्ने धारणा राखे । अध्यक्ष सुवेदीले संस्थागत सामाजिक उत्तरदायित्वको रकमलाई एउटै कोषमा राखेर सामाजिक संघ संस्थामार्फत कार्यक्रम गर्नुपर्ने प्रस्ताव गरे ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय शिक्षा महाशाखाका प्रमुख तोयनाथ लम्सालले राज्यका निकायको ध्यान नपुगेको क्षेत्रमा सामाजिक संघ, संस्थाले काम गर्नुपर्ने सुझाव दिए । सामाजिक संघ, संस्था सरकारका सहयोगी तथा अभिन्न अंग भएको उल्लेख गर्दै उनले सेवा प्रदायक र सेवग्राहीको ग्यापमा काम गर्न आग्रह गरे ।
कार्यक्रममा गैर्सरकारी संस्था महासंघ नेपाल गण्डकी उपाध्यक्ष पदमराज पहारी, महिला मानव अधिकार रक्षक सञ्जाल गण्डकी अध्यक्ष ईन्द्रकुमारी शर्मा, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी, कोपिला नेपालका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ लगायतले विकास निर्माणमा सामाजिक संघ, संस्थाको योगदानको बारेमा बोलेका थिए ।
‘विपद् उत्थानशीलता, दिगो विकास र समृद्धिका लागि साझेदारी, स्वतन्त्रता, सुशासन र सामाजिक क्षेत्रको पहिचानका लागि पहरेदारी, भन्ने मूल नाराका साथ संस्थाको साधारण सभा भएको हो । ग्लोबल कल टु एगनेस्ट प्रोभर्टीसँगको सहकार्यमा सर्वव्यापी पहुँचसम्बन्धी परामर्श कार्यक्रमसमेत गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष गोपाल खड्काको अध्यक्षतामा भएको हो ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया