
जोमसोम ।
मुस्ताङको लोघेरक दामोदरकुण्ड गाउँपालिकाले स्थानीय बेरोजगार पुरुष तथा महिलालाई रोजगारीका लागि सीप सिकाउन थालेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्र्तगत संघीय सशर्त अनुदानमार्फत पालिकाका ६० जनालाई स्थानीय स्रोत साधन उपयोग गर्ने गरी सीपमूलक तालिम दिइँदै छ ।
सरकारले गरिबीको रेखामुनि रहेका परिवारका लागि स्थानीय स्रोत साधन उपयोग गर्ने स्थानीय स्तरमै उद्यमशीलता विकास गर्ने र यसमार्फत स्थानीय स्तरमै रोजगारी सृजना गर्ने उद्देश्यले देशका ७ सय ५३ वटै स्थानीय तहहरुमा यो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । ‘गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम’ (मेडपा) कार्यक्रम संञ्चालन गर्न लोघेकर दामोदरकुण्ड गाउँपालिकालाई चालु आर्थिक वर्ष २०७९/०८० मा संघीय सर्शत अनुदान २४ लाख बजेट विनियोजन भएको गाउँपालिकाकी उद्यम विकास सहजकर्ता रिक्साङ गुरुङले जानकारी दिइन् ।
गाउँपालिकाले ५ वटै वडामा सिकर्मी तालिम र महिलालाई गलैचा र कितेन बुन्ने तालिम दिएको लघु उद्यम विकास सहजकर्ता गुरुङले बताइन् । पालिकाको वडा १ को चराङमा पुरुषलाई सिकर्मी तालिम, वडा २ घमीमा गलैचा बुन्ने तालिम र वडा २, ४ र ५ को ढाकमर, घारा र ताङ्ग्यामा कितेन बुन्ने जारी छन् ।
गाउँपालिकाले सिकर्मी तालिमका लागि प्रशिक्षकको रुपमा कर्साङ धोर्जे गुरूङ र पेमा वाङग्याल गुरूङलाई खटाएको छ ।
गलैचा बुन्ने तालिमको प्रशिक्षकमा छिरिङ आङमो गुरूङ र कितेन बुन्ने तालिमको प्रशिक्षकमा याङढोका गुरूङ, ढोका गुरूङ र योङडुङ ल्हामो गुरूङ छन् ।
गाउँपालिकाले चालु वर्षको सीप विकास कार्यक्रम अन्तर्गत चैतको पहिलो हप्तादेखि तालिम सञ्चालन गरेको हो । तालिमको अवधि २ महिना छ । यसअघि सिकर्मी नहुँदा जिल्ला बाहिरका कामदार मिस्त्रीको आवश्यकता पर्ने गरेकोमा तालिमपछि स्थानीय तालिम प्राप्त सहभागीबाटै फर्निचरका कामहरु गर्न गराउन सहज हुने गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले बताए ।
उनले गलैचा र कितेन हिमाली संस्कृति भएको र यसको संरक्षण र व्यवसायिक आर्यआर्जन तालिमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
स्थानीय स्तरमा गलैंचाको माग धेरै छ । गलैचा लोबेड, पलंग, आदीमा बिच्छ्याउन प्रयोग हुन्छ । हिमाली क्षेत्रका महिलाले बख्खुको पछाडि लगाउने उनको कपडालाई कितेन भनिन्छ । उपल्लो मुस्ताङका महिलाहरुले विशेष कार्यक्रमहरुमा बख्खुको साथमा कितेन लगाउने चलन छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया